१५,साउन,रामेछाप
पुष्कर खड्का
काठमाडौं । काठमाडौंको बसुन्धारा श्रीटोलस्थित दिउँसो नै चोरी भएको छ । मंगलबार दिउँसो ३ बजेपछि २ वटा ल्यापटप चोरी भएको हो ।
बसुन्धाराका एक घरको दोस्रो तलबाट स्थाइ घर दाङ भएको पत्रकार प्रेम पुनका दुई वटा लेनेभो आई ३ र एसर आई ३ ल्यापटप चोरी भएको छ। पुनका अनुसार ल्यापटपमा एक दमै महत्वपूर्ण डकुमेन्ट र भिडियोहरु रहेका छन् ।
दुई बजे घरबाट रिपोटिङका लागि निस्किएका पुन साँझ कोठामा फर्किएर ढोका खोल्न लाग्दा ताल्चा फोरेको अवस्थामा भटिएको उनले बताएका छन् । तर उनको कोठाको चुकुल भने सधैं उनैले लगाएको अवस्थामा रहको बताइएको छ ।
पहिलो तलामा बस्दै आएका परिवारका एक सदस्य तीन बजे अगाडि सम्म रहेको र उक्त समय केही नभएको र उनी घरबाट निस्किएको केही समयपछि चोरी हुन सक्न अनुमान लगाइएको छ । चोरी भएको तल्ला भन्दा माथि घरबेटी बसेका छन् ।घरबेटी घरमा हुने समय दिउँसो चार बजे तिर सधैँ जस्तै ढोका खोलिएको आवाज सुनिएको बताइएको छ । तर घरबेटीले भने प्रेम नै होला भन्दै चोर आएको संक नै नगरेको जनाइएको छ । प्रेम कोठा भित्र छिरेर हेर्दा २ वटा ल्यापटप थिएन ।ल्यापटप बाहेक अरु समान भने जस्ताको त्यस्तै रहेको प्रेमले बताए । उनले ल्यापटप नदेखिने वितिकै महारागञ्ज प्रहरीलाई खबर गरे । खबर पाउने वितिकै प्रहरी चोरी भएको स्थानमा पुगि घटनाको अध्ययन गरिएका बताइएकाे छ । प्रायजसो बसुन्धारामा चोरीको घटना भइरहने गरेको छ ।