पुष्कर खड्का ,रामेछाप । प्रतिनिधिसभाको आजको वैठकमा प्रतिपक्षी दलका सांसदहरुले अवरोध पुर्याएका छन् ।निर्धारित समय ११ बजेका लागि बोलाइएको बैठकको शुरुमै प्रमुख प्रतिपक्ष दल कांग्रेस र राजपाका सांसदहरु उठेर बेल घेर्न पुगेका छन् । उनीहरुले संसदमा नारावाजी समेत गरेका छन् । सांसदहरुले ‘संसदीय सर्वोच्चता कायम गर, संसदीय छानवीन समिति गठन गर, निर्मला पन्तका हत्यारालाई कारवाही गर’ जस्ता नारा लगाएका छन् ।सभामुख कृष्ण बहादुर महराले संसद अवरुद्ध हुँदा जनताका सरोकारका विषयमा छलफल हुन नसकेको भन्दै सांसदहरुलाई आसन ग्रहण गरेर छलफलमा भाग लिन आग्रह गरे पनि सभामुखको आग्रहलाई सांसदहरुले वेवास्ता गरेका छन् । यसअघि गत सोमबारको बैठक पनि अवरुद्ध भएको थियो ।