लोकसेवा अायोगले बेरोजगारका लागि ६ हजार पदमा विज्ञापन खुलाउँदै

पुष्कर खड्का , रामेछाप
स्थानीय तहबाट माग भई आएअनुसार सरकारले करिब छ हजारको सङ्ख्यामा स्थानीय तहका लागि पुनः लोक सेवा आयोगमार्फत विज्ञापन गर्ने तयारी गरेको छ ।गत जेठमा आयोगले खोलेको विज्ञापनबाट दशैँ अगावै कर्मचारी स्थानीय तहमा सेवा गर्न पुग्ने गरी आयोगले काम गरिरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पण्डितले जानकारी दिए ।कुल ७५३ स्थानीय तहमध्ये ५१५ स्थानीय तहको लिखित मागअनुसार आयोगले नौ हजार १६१ पदमा विज्ञापन गरेको थियो ।कर्मचारीले भने स्थानीय र प्रदेश तहमा समायोजन भएका कर्मचारीलाई पुरानै सेवा सुविधाअनुसार कार्य सम्पादन मूल्याङ्कनको फाराम भर्न मन्त्रालयले गरेको परिपत्रप्रति आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस