पुष्कर खड्का ,रामेछाप
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ३ को वडा कार्यालयमा मंगलबार मध्यराती आगजनी भएको समाचार प्राप्त भएको छ । आगजनीबाट कार्यालयको सम्पूर्ण समान जलेर नष्ट भएको वाड अध्यक्ष रवि देवकोटाले जानकारी दिए । कार्यालयभित्र रहेको फर्निचर, कम्प्युटर, प्रिन्टर र दराजलगायतको सम्पूर्ण कागजात पनि जलेर नष्ट भएको उनले बताए ।अहिलेसम्म कसैले आगजनीको जिम्मा लिएको छैन । साउन १५ गतेको बन्दलाई लक्षित गरी बम राखेको हुन सक्ने अनुमान गरिएको वाड अध्यक्ष रवि देवकोटाले बताउनु भयो ।थप विवरण अाउन बाकी