सिन्धुपाल्चोक मेलम्चीको वडा कार्यालयमा आगजनी र ककनीमा बम विस्फोट

पुष्कर खड्का ,रामेछाप
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यलयमा आगलागी भएको छ । आज बिहान भएको आगलागीबाट सम्पूर्ण कागजपत्रसहित वडा कार्यलय जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।आगलागी कसले गर्यो भन्ने यकिन थाहा नभएको तर घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ । ताल्चा काटेर आगो लगाएको र काटेको ताल्चा र ह्याक्सो ब्लेट फेला परेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिए । आगो कसले र किन लगायो भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएकोे छ । त्यसैगरी
नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विस्फोट गराएका छन् । बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ (बलामी)ले जानकारी दिए। नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विस्फोट गराएका छन् । बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ (बलामी)ले जानकारी दिए । श्रेष्ठका अनुसार रातको ११ः४५ बजेको समयमा आएका ५÷६ जनाको समूहले कार्यालयमा तोडफोड गरेर कागजात, कम्युटर, फर्निचरलगायतका सामग्री एकै स्थानमा राखेर आगजनीसहित बम विष्फोट गराएको पाइएको छ ।वडा कार्यालय सार्वजनिकस्थलमा संस्थाले बनाएको दुईकोठे पक्की भवनबाट सञ्चालन हुँदै आएको थियो । ठूलो आवाजसहितको विष्फोटले उक्त भवनको ढलानसमेत फुट्न पुगेको प्रहरी चौकी ओखरपौवाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस