जिल्ला प्रशासन कार्यल सिन्धुलीमा गत बर्ष ८ हजार ९ सय ९७ जनाले लिए नेपाली नागरिक्ता

पुष्कर खड्का  रामेछाप
सिन्धुलीमा पुरुषको तुलनामा नेपाली नागरिकता बनाउने महिलाको संख्या न्यून देखिएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार आर्थिक बर्ष २०७५÷०७६ मा मात्रै ८ हजार ९ सय ९७ जनाले नागरिक्ता बनाएका छन् ।जस मध्ये ४ हजार ५ सय २८ जना पुरुष र ४ हजार ४ सय ५८ जना महिलाले नागरिक्ता बनाएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लामा पुरुषको तुलनामा महिलाको जनसंख्या बढी रहेको भएता पनि पुरुषको तुलनामा नागरिकता बनाउने महिलाको संख्यामा ७० ले न्यून देखिएको हो जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी हुतराज निरौँलाले गत बर्ष ८ हजार ९ सय ९७ जना लाई नेपाली नागरिक्ता वितरण गरिएको जानकारी दिए ।यस्तै ४ हजार १सय २ वटा प्रतिलिपी नागरिकता,११ वटा वैवाहिक अंगिकृत नागरिकता,६९ वटा नावालक परिचयपत्र वितरण गरिएको उनले बताए । सूचना अधिकारी निरौलाका अनुसार थर संसोधन,पतिको नाम थर थप्ने तथा हटाउने जस्ता टिप्पणी,आदेशवाट निर्णय गरी १ सय ९ जनालाई नागरिक्ता प्रदान गरिएको छ ।
यसै विच जिल्ला प्रशासन कार्यालयले गतआर्थिक वर्ष २०७५÷७६ मा२ हजार ४ सय ६५वटा साधारण राहदानीर २ हजार ९ सय ९४ वटा द्रुत राहदानी सिफारिस गरेको छ । यस्तै २ हजार २ सय ४५ वटा राहदानी वितरण गरिएको सूचना अधिकारी निरौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस