श्रीमान रोजगारीमा, घरमा प्रेमीले हाने घाँटीमा छुरा

 निशा न्यौपाने ,    वीरगञ्ज : वीरगञ्जस्थित मेडिकल कलेजको एउटा बेडमा मनु चौधरी सुतिरहेकी छन् । उनको घाँटीमा गहिरो चोट छ तर अवस्था भने खतारामुक्त रहेको चिकित्सकले बताएका छन् ।

मंगलबार आफ्नै प्रेमीले हत्या प्रयास गरेपछी गम्भिर रहेकी उनलाई मंगलबार नै नारायणी अस्पतालले रेफर गरेर मेडिकल कलेज पठाएको थियो ।

वीरगन्ज १० घडीअर्वामा डेरा गरेर बस्दै आएकी एक छोराकी आमा मनुका श्रीमान रोजगारीका सिलसिलामा काठमाण्डौमा छन् ।

छोरासँगै वीरगञ्जमा बस्दै आएकी मनु लामो समयदेखी वीरगञ्ज–१० स्थित अशोक वाटिकाका रोशनसँग प्रेममा थिईन् ।

मनुका अनुसार उनिहरु केही समयअघी सँगै काठमाण्डौ समेत घुम्न गएका थिए । ‘हामी प्रेमामा थियौँ ।’ मनु भन्छिन्, ‘केही समयअघी काठमाण्डौ गएर सँगै चार दिन बिताएर फर्केका हौँ ।’

उनका २४ बर्षिय प्रेमी रोशनले मंगलबार बिहान मनुलाई घुम्न जाने प्रस्ताव राखेका थिए । दुबैको सहमती अनुसार उनिहरु वीरगञ्ज महानगरपालीका १५ मा पर्ने भिस्वा डाँडामा भेट भए । ‘दिउसो करिब १२ बजेको थियो, उहाँ (रोशन)ले बोलाएपछी म भिस्वा पुगेँ ।’ प्रहरी बयानका क्रममा मनुले भनिन्, ‘त्यही उनले अचानक छुरा प्रहार गरे ।’

के कारण छुरा प्रहारको स्थिती सृजना भयो त्यो भने उनले खुलाएकी छैनन् । तर कुनै बिषयमा बिवाद उत्पन्न भएको हुनसक्ने प्रहरीको बुझाई छ ।

छुरा प्रहार गर्ने प्रेमी रोशनलाई प्रहरीले मंगलबार नै पक्राउ गरेको छ । उनलाई झाडीमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिईएको हो । रोशनलाई हिराससतमा राखेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस