olux

काभ्रेको बनेपा बजारमा शक्तिशाली बम विस्फोट

पुष्कर खड्का,   रामेछाप
काभ्रे-काभ्रेको बनेपा नगरपालिकास्थित बजार क्षेत्रमा मंगलबार राति बम विस्फोट भएको छ। बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै शक्तिशाली बम बिस्फोट भएको छ।बम पड्केको आवाजले बनेपाका स्थानीयबासी त्रसित भएका छन्।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले विस्फोटबारे जानकारी आएको बताउँदै प्रहरी टोली पठाइसकिएको बनेपाका विस्फोटबाट भएको क्षतिको विवरण आइसकेको छैन। आफ्ना नेता माइला लामालाई पक्राउ गरेको विरोधमा बुधबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाल बागमतीसहितका १५ जिल्लामा बन्द आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस