पुष्कर खड्का रामेछाप ’
रामेछाप जिल्लामै पहिलो पटक रामेछाप नगरपालिकाले सुरु गरेको नियमित निशुल्क घुम्ति स्वास्थ्य शिविर अन्तर्गत यस वर्षको नियमित निशुल्क घुम्ति स्वास्थ्य शिविर आजबाट सुरु गरेको छ । रामेछाप नगरपालिकाको स्वीकृत वार्षिक बजेट अनुसार गत वर्ष पनि आयोजना गरिएको शिविरलाई रामेछाप नगरपालिकाले यस वर्ष पनि निरन्तरता दिएको छ ।रामेछाप नगरपालिकाको वडा नं ४ हिमगंगा बोलोङबोलोङबाट यस वर्ष पनि घुम्ति शिविरको शुरुवात गरेको हो । आज हिमगंगा बोलोङबोलोङमा आयोजना गरिएको शिविरमा १५०भन्दा बढिले सेवा लिएका छन ।शिविरमा निशुल्क औषधि वितरण , भिडियो एक्सरे,ल्याव,जनरल उपचार सेवा, लगायतको सेवा प्रदान गरिएको रामेछाप नगरपालिकाका स्वास्थ्य संयोजक रामशरण पौडेलले जानकारी दिनुभएको छ ।
शिविर वर्षभरी नै रामेछाप नगपालिकाको ९ वटै वडाको विभिन्न टोलहरुमा नियमित रुपमा जारी रहने र हरेक ३महिनामा दन्त सेवा,६ महिनामा आँखा शिविर समेत सन्चालन गरिने स्वास्थ्य संयोजक रामशरण पौडेलले बताउनुभयो ।