काठमाडौं भनिन्छ एउटा तस्वीरले हजार शव्दमा भन्न नसकिने समाचार दिन्छ । हुन पनि हो । तस्वीरले गहन समाचार दिएकै हुन्छ । हेर्नुहोस् तस्वीर । अनि चिन्नुहोस् चर्चित नेपाली युवा ज्ञानेन्द्र शाहीलाई । शाही आफूलाई नेपालको २४ क्यारेटको भ्रष्टाचार विरोधी अभियन्ता रहेको दाबी गर्छन । तर विकट सुदुरका ज्ञानेन्द्र कसरी कलिलै उमेरमा राजधानी छिरे अनि कसरी कथित भ्रष्टाचार विरोधी अभियन्ताको स्वघोषित विल्ला लगाउन सफल भए भन्ने तथ्य पुष्टि गर्न चाहि माथिको फोटो काफी छन् ।
पहिलो फोटोमा शाही नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रेको साथमा छन । रन्जित रे नेपालका सबैभन्दा बिवादाष्पद भारतीय पूर्वराजदूत मध्ये एक हुन् । राजदूत रेले नेपालको राजनीतिक अस्थिरता र वेमेलका लागि आफू गुरु रहेर ज्ञानेन्द्र शाहीलाई चेला बनाएको स्पष्ट सन्देश यही तस्वीरले पुष्टि गर्छ ।
अर्को तस्वीरमा उनै ज्ञानेन्द्र शाही नेपाल मामलाका जानकार भारतीय विश्लेषक अशोक मेहताका साथमा छन् । त्यसमा पनि मेहताका चेलाको हाउभाउमा देखिन्छन् उनै ज्ञानेन्द्र शाही । नक्कली राष्ट्रवादी तथा भ्रष्टाचार विरोधी जामा लगाएर शाहीले नेपालको वाम सरकारलाई बदनाम गर्न कथित भ्रष्टाचार विरोधी अभियानको नौटंकी रचेको तथ्य उल्लेखित फोटो समाचारले नै स्पष्ट पार्दछ ।
नेपालको राजनीतिक अस्थिरताका लागि अहोरात्र खटने रञ्जित रे र अशोक मेहताहरुको प्यादा बनेर ज्ञानेन्द्र शाहीले वाम सरकारलाई बदनाम गर्न नै मुख्य शक्ति खर्चिरहेका छन् । वाम सरकारलाई गाली गर्नु नै आफ्नो दैनिकी बनाएका शाहीले बिभिन्न युटुव तथा अनलाईन र केवल च्यानलहरुलाई सुन्नै, हेर्नै लाज लाग्ने खालका अन्र्तवार्ताहरु दिदै आएका छन् । यदि उनका अन्र्तवार्ताहरुलाई पत्रकारिताको कसीमा राखेर हेर्ने हो भने उनले वाम सरकारको होईन, आफ्नो र मिडियाकै तेजोवध गरिरहेको तथ्य खुलस्त हुन्छ ।
स्मरणीय के छ भने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रदेश सरकारले करोडौं भष्ट्राचार गरेको खुलासा गर्न थालेपछि ज्ञानेन्द्र शाही माथि प्रहरीले निर्ममतापूर्वक कुटपिट गरी यातना दिएको दाबी उनका समर्थकहरुले गरेका थिए । अघिल्लो आर्थिक बर्ष रारा राष्ट्रिय महोत्सवको नाममा करोडौं भष्ट्राचार गरेको खुलासा गर्दै हिडेको पाएपछि प्रहरीले शाहीलाई कुटपिट र यातना दिएको दाबीको कही कतैबाट स्वतन्त्र पुष्टि भने हुन सकेको थिएन । त्यसैले शाहीले गरेको दाबी करायो करायो दक्षिणा हरायो जस्तै भएको भएको थियो ।
शाहीको समर्थनमा नेपालका लागि नेपाली नामक पूर्व राजावादीहरुको एक समूहले राजधानीको माईतीघरमा केही दिन प्रदर्शन गरेको थियो भने विवादाष्पद टिभी प्रश्तोता रबि लामिछानेले पनि शाहीलाई अस्पतालमा भेटन गई स्टन्ट मच्चाउन खोजेका थिए । तर शाहीको अस्पताल बसाईलाई राजनीतिक रंग दिएर सडकमा हिंसा र उत्तेजना फैलाउने कुनै प्रयाश पनि सफल हुन सकेन । रबिको स्टन्ट खेती पनि शाहीको हकमा खेर गयो ।
राजावादी वरिष्ठ वकिल वालकृष्ण न्यौपाने तथा सुरेन्द्र भण्डारी, डा. सुरेन्द्र केसी लगायतका केही पूर्व राजावादीहरुको प्रयाशमा ज्ञानेन्द्र शाहीलाई सडकको हिरो बनाउने प्रपन्च फेल खाएपछि फेरि शाही पुरानै भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा आफूलाई वर्तमान सत्ता, व्यवस्था र प्रणाली विरुद्ध खनिन थालेका छन ।
जानेर वा नजानेर युटुवृ च्यानल र केही साना मिडिया भने भारतीय रअको प्रत्यक्ष निगरानीमा सरकार विरुद्ध प्रयोग भैरहेका पात्र शाहीलाई सघाउन लागि परेका छन् । स्व. मरिचमान सिंहको पालादेखि प्रतिगामी कित्तामा लागेर बहुदल र गणतन्त्र मास्न लागि परेका वरिष्ठ वकिल वालकृष्ण न्यौपानेहरु आज पर्यन्त सफल हुन सकेका छैनन् । तर अहिले आफ्नो नेतृतवमा जनताको समर्थन नआएपछि उनीहरु रअका प्यादा बनेका ज्ञानेन्द्र शाहीलाई अगुवा बनाएर हिडेका छन् ।
२०५१ सालमा टनकपुर सन्धीमा गिरीजाप्रसाद कोईरालालाई हराएर चर्चित बनेका वालकृष्ण न्यौपाने अदालतले पदमुक्त गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमान सिंह कार्कीको बचाउमा पनि सडकमा प्रदर्शन गर्न निस्केका चर्का प्रतिगामी कित्ताका प्रतिनिधि हुन् ।
रन्जित रे वा अशोक मेहताहरु जुनसुकै आवरणमा भारतीय गुप्तचर संस्था रअको उदेश्य प्राप्तीमा नेपालका पात्रहरुलाई प्रयोग गरी नेपालको शान्ति र स्थिरतामा आँच पुरयाउन दिनरात लागि परेका छन् । र ज्ञानेन्द्र शाही त्यसैका एक गोटी मात्रै बनेका छन् ।
ज्ञानेन्द्र शाहीको उदयदेखि अन्य कनेक्सनहरुका लागि प्रतिक्षा गर्नुहोला । (तस्बिरः सामाजिक सञ्जाल)