मिना खड्का
गृहमन्त्री ज्यु नमस्कार ।
हजुर त देशको महत्वपुर्ण पदमा रहेको नेतृत्व गर्ने महान व्यत्ति ! हजुरको जत्ति सहि र गलत छुटाउन सक्ने सार्मथ्य म जस्तो सर्बसाधारण महिलासंग नहुन पनि सक्छ । तर निर्मला बहिनि जस्ता अन्यायमा परेकाहरुको न्यायका लागि ३ वर्ष अगाडि देखि कलम चलाउन थालेकी छु ।
राजनितिसंग सम्बन्धित अनेक बिषयमा मलाई त्यति चासो लाग्दैन तर यि र यस्ता घटनामा भने मेरो बिशेष ध्यान जान्छ ।
गृहमन्त्रि ज्यु, निर्मला पन्त बलात्कार र हत्याकाण्ड नेपालमा भएको दर्दनाक हत्याकाण्ड मध्ये एक हो । यस्लाई तपाईले कसरि सामान्य रुपमा लिनु भयो ? यउटा अन्याय अत्याभार र अपराध कसरि सामान्य हुन सक्छ ?
यदि बर्षौ बर्ष अगाडि देखि जिवित यस्ता अत्यायचार जिउका तिउ रहने हुन र यस्ता दर्दनाक घटनालाई पनि सामान्य घटनाका रुपमा लिनुहुन्छ भने तपाई आफैँ भन्नुहोस परिर्बतन भनेको छुट्टै के हो ? तपाई बसिरहनुभएको त्यो कुर्सि केका लागि ? तपाईले निर्मलाको जस्तो घटना कुनै नौलो घटना होइन भनेर हजुरले भनिरहदा अब हामीले कसरि बुझ्ने ?
अचम्म छौ ! सुरक्षाको आशा बोकेर बिहानीको उसा किरण पर्खेर बसिरहेका छोरीहरु तपाइको अभिव्यक्तिले भयवित हुँदै त्रसित मुद्रामा छन् ।
निर्मला पन्तको घटनालाइ सामान्य रुपमा प्रस्तुत गर्दै यस्ता घटना हिजो पनि भए र आगामी दिनमा पनि हुनेछन भनिरहदा म लज्जित भएकि छु।
मैले बल्ल बुझ्दै छु गृहमन्त्री ज्यु । हाम्रो नेपाली समाजमा हिसां परेका महिला पनि खुलेर बोल्न डराउनु र बृज्जत हुन्छ भन्ने डरले बाहिर खुलेर बोल्न नसक्नुका कारण । अब दावाका साथ् भन्नुपर्छ तपाईहरुजस्ता नेताको कारण म जस्तै छोरीहरु असुरक्षित महसुस गरेका छौ ! यस्तै नेतृत्वको कारण महिला हिसांमा परेका छन् ।
गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेको मान्छेले यत्तिसम्म भन्न भ्याउनु भयो सल्युट छ तपाईलाई । साझँ परेसि अलिकति बाहिर पठाउन डराउने आमा र बाहिर जान डराउने छोरिका पिडा हजुरलाई के थाहा ?
तपाई आफै यउटा पिडित सर्वसाधारण भएर सोच्नुस, यस्ता मानसिकता भएका ब्यक्तिलाई हामीले सिंगो देशको गृहमन्त्री मान्नु कति उपयुत्त होला ? हजुरजस्ता माननिय र सम्माननिय व्यत्तित्वबाट हामी अब के आस गरौ ? अन्याय कि न्याय । बलात्कार गर्नु हत्या गर्नु जस्ता घटनालाई सामान्य घटनाको रुपमा लिनुहुन्छ भने कुन घटना हुन तपाईले बिशेष फोकसका साथ न्याय दिने ?
तपाईबाट निर्मलाको न्यायको अपेक्ष गरेको १ वर्ष पार भयो । तर न्याय दिन त सक्नु भएन…, कम्तिमा चित्त बुझाँउनकै लागि भएपनि न्याय दिन्छौ भनेर आश्वासन त दिनुस न । यसो गर्दा पिडितको मात्रै होईन नातागारिकहरुको पनि चित्त बुझथ्यो कि !
गृहमन्त्री ज्यु ! एक छोरीको हैसियतले हजुरलाई भेट्ने र प्रत्यक्ष बहस गर्ने ठुलो चाहाना छ । निर्दोष आत्मालाई साँछी राखेर न्याय केहो जान्न मन छ । अन्यायमा परेका हरको लागि हरदम यक थोपा रगत रहुन्जेल लडिबुडि खेल्न चाहान्छु । म मात्रै होईन, म जस्ता सर्बसाधारण जनता पनि यहि चाहान्छन ।
सक्नुहुन्छ भने न्याय दिनुहोस यदि सक्नु हुदैन भने अन्यायमा परेका हरुका मु्टु तपाईका तिखा हतियार जस्ता बचन प्रहार नगर्नुहोला ।
धन्यबाद ।
(संचारकर्मी मिना खड्का दार्मा गाउपालिका ६ सल्यान हाल तुलसिपुर दाङ )