काठमाडौं-स्टेज कार्यक्रमहरुमा नृत्य गर्न ब्यस्त रहने बिनुले यस बर्ष केहि तीजगीतका भिडियोहरुमा पनि नृत्य गरेकी छिन् । लोक तथा आधुनिक गीतका दर्जनौं भिडियोहरुमा मोडलिङ गरेकी बिनुले आफूलाई तीज गीतको भिडियोमा नृत्य गर्दा रमाइलो लाग्ने बताउँछिन् । ‘तीज आउँदा मलाई आनन्दा लाग्छ ।
अझ तीज गीतको भिडियोमा नृत्य गर्न पाउँदा आफैमा रमाउँने मान्छे हुँ ।’ बिनुले भन्नि । ‘यो बर्ष पनि केहि भिडियो गरेँ । जसमा केहि सार्वजनिक भइसकेका छन् भने केहि हुनेक्रममा छन् ।’
दुई दिन अघिमात्रै गायक प्रकाश कटुवाल र उमा श्रेष्ठको स्वरमा रहेको ‘मेरो राजै’ बोलको नयाँ तीजगीतमा बिनुले नृत्य गरेकी छिन् । जसमा बिनुसँग लोकप्रिय मोडल शंकर बिसीले साथ दिएका छन् । गीतमा रमेश बिजीको शब्द र कृष्ण बिकको संगीत रहेको छ ।