साढे १३ लाख नगद चोरेर फरार भएका सुरज प्रहरीको फन्दामा

 

यही साउन ७ गते विराटनगर-१ का मोतीराज दाहालको घरबाट नगद चोरी फरार भएका कटहरी गाउँपालिका-१ का २० वर्षीय सुरज कामतलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका कामतबाट चोरी गरेको मध्ये ३ लाख ८१ हजार नगद र एक लाख ५ हजार पर्ने सामसुङको मोवाइलसमेत प्रहरीले बरामद गरको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएको मोवाइलसमेत कामतले चोरी गरेको रकमबाटै खरिद गरेको खुलेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस