चन्द्रोदय माबिमा लागुऔषध सचेतना कार्यक्रम सम्पन्न

दाङ  ,  समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप जिल्ला दाङ तुलसीपुर उप–महानगरपालिका वडा नं ११ जसपुर स्थित चन्द्रोदय बिद्याकुञ्जका कक्षा ८,९ र १० गरी ७८ जना बिद्यार्थीहरु, शिक्षकमा लाघुऔषध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यालय सम्पर्क समितिको आयोजनामा प्रहरी नायव निरीक्षक कृष्ण बहादुर पुजाराले लागुऔषध प्रयोग गर्दा हुने नकारात्मक प्रभाव तथा नियन्त्रण गर्ने तरिकाबारे प्रशिक्षण गराएका थिए ।

साथै साईबर सुरक्षा कसरी गर्ने र आकस्मिक नम्बर १००,१०३,१०४ को प्रयोगबारे प्रशिक्षकले जानकारी दिएका थिए ।

कार्यक्रमबाट जीबनोपयोगी कुराहरु शिक्न पाएको भन्दै नेपाल प्रहरी तुलसीपुरलाई सहभागि बिद्यार्थी तथा शिक्षकले धन्यबाद दिएका थिए ।।

प्रतिक्रिया दिनुहोस