निशा न्यौपाने , निजगढ : बाराको निजगढहुँदै बग्ने बकैया नदीको कटानका कारण निजगढ बजारसहित नगरपालिकाका कयौँ कस्तीहरु जोखिममा परेका छन् ।
लगातारको वर्षा र बाढीका कारण नदिको जलस्तर बढ्दै जाँदा बजार तर्फको अधिकांस भाग कटान भैसकेको छ ।
बजारतर्फको कटान रोकथामका लागी बनाईएको करिब १५ मिटर लामो बाँध समेत बाढीले बगाएको छ । बजारक्षेत्रभन्दा करिब दुइ किलोमिटर माथी नगरपालिकाको वडा नम्बर ४ स्थित खिवा भन्ने स्थानबाट कटान सुरु गरेको मेयर सुरेश कुमार खनालले बताए ।
नदिको पश्चिमतर्फको क्षेत्र केही अग्लो भएकाले बर्षाका करण बहाव बढ्दा बस्तीतर्फ कटान गरेको मेयर खनालले बताए । तत्काल बर्षा रोकिएकाले समस्या नरहेको तर पुनः बाढी आए नगरपालिकाका वडा नम्बर चार, आठ र नौ गरी तिनवटा वडा पूर्ण रुपमा प्रभाबित हु्ने उनले बताए । ‘तत्काल समस्या छैन’ मेयर खनालले बारा खबरसँग भने, ‘तर अब फेरी पानी पर्न थाल्यो भने बजार क्षेत्रसहित निजगढका सयौँ घरमा बाढी पस्नेछ ।’
बस्ती जोगाउन बहाव परिवर्तन गरिँदै
बस्ती तर्फको बाँध कटानका कारण डुवानको खतरा बढेपछी नगरपालिकाले पुनः नदिको बहाव पस्चिमतर्फ पर्काउने प्रयास गरिरहेको छ ।
यसअघी बस्ती जोगाउनकै लागी निर्माण गरिएको करिब १० मिटर चौडाई र १५ मिटर लम्बाई बराबरको बाध नदीले बगाएपछी हाल सो स्थानभन्दा बरिब दुइ किलोमिटर माथीबाट नदिको बहावलाई वातावरण मैत्री रुपमा नै पश्चिमतर्फ पर्काउने प्रयास भैरहेको नगर प्रमुख खनालले बताए ।
‘पनी बस्तीमा पस्यो भने ठुलो क्षतीको सामना गर्नुपर्ने हुनसक्छ’, खनालले बारा खबरसँग भने, ‘त्यसैको रोकथामका लागी तिनवटा जेसिबीसहित अहोरात्र बाँध निर्माणका लागीरहेका छौँ ।’