चलचित्र काँचुलीको “कलेजीको कुना कुना “ भिडियो गीत सार्वजनिक – NK | Nepalayan Khabar

काठमाडौं–बिजि बर्मा फिल्मसको ब्यानर निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत “कलेजीको कुना कुना गीतको” भिडियो सार्वजनिक भएको छ ।

कला राईको प्रस्तुती एवम शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा बिबाहित मायालुको भाव गीतमा झल्काइएको छ। शंकर अधिकारी घायलको गीत संगीत, अनिता लामाको स्वर रहेको छ भने राजन महर्जनको नृत्य, सुशील डागीको छायांकन, बिश्वास भण्डारीको सम्पादनमा दिपक राई र भुमा सापकोटाको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस