बाढीपहिरोको तथ्यांक सार्वजनिक : प्रदेश ३ का १० जिल्लामा १८ जनाको मृत्यु

प्रदेश ३ सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्ष बाढीपहिरोमा परेर विभिन्न १० जिल्लाका १८ जनाको मृत्यु भएको छ । त्यस्तै ४१ घर ध्वस्त भएका छन् भने ४६ लाख रुपैयाँबराबरको क्षति भएको छ ।

सरकारले सार्वजनिक गरेको तथ्यांकमा काठमाडौं, भक्तपुर र ललितपुरबाहेक प्रदेश–३ का बाँकी १० जिल्लामा भएको भौतिक तथा मानवीय क्षतिको विवरण समावेश छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश–३ का अनुसार प्रदेशका १० जिल्लामा १८ को मृत्यु, १३ घाइते र ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा चितवनमा १, घाइते १, धादिङमा २, घाइते १ र बेपत्ता १, दोलखामा घाइते १, काभ्रेमा मृत्यु ३, घाइते १, मकवानपुरमा मृत्यु ६, घाइते ५ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यसै गरी रामेछापमा मृत्यु १ र घाइते १, सिन्धुलीमा मृत्यु ५, घाइते २ र बेपत्ता ४ जना रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सिन्धुपाल्चोक, रसुवा र नुवाकोटमा मानवीय क्षति भएको छैन ।

४६ लाखको भौतिक र पशुपक्षी क्षति
प्रदेश ३ का १० जिल्लामा ४५ लाख ९० हजारको भौतिक तथा पशुपक्षी क्षति भएको छ । तथ्यांकमा धादिङमा २, दोलखामा ३, काभ्रेमा ६ वटा घरमा क्षति हु“दा १४ लाख ५० हजारबराबर क्षति भएको उल्लेख छ । त्यस्तै, मकवानपुरमा २० वटा घरमा ८ लाख २० हजार, रामेछापमा वटा ३ घरमा १ लाख ३० हजार, सिन्धुलीमा ७ घरमा क्षति हुँदा १ लाख रुपैया“बराबरको क्षति भएको उल्लेख छ । त्यस्तै, पशुपक्षी नष्ट हुँदा १९ लाख २० हजार रुपैयाँ नोक्सान भएको तथ्यांकमा उल्लेख छ ।

कांग्रेसका प्रदेश सांसदले पाँच दिनको तलब दिने
नेपाली कांग्रेस प्रदेश–३ का सांसदहरूले ५ दिनको तलब बाढीपहिरोपीडितलाई सहयोगस्वरूप प्रदान गर्ने भएका छन् । शुक्रबार नेपाली कांग्रेस प्रदेश–३ संसदीय दलको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असार २७ गतेदेखिको अविरल बर्सातका कारण बाढीपहिरोबाट प्रभावित प्रदेश–३ का पीडितलाई ५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको हो । विज्ञप्तिमा राहत तथा उद्धारको काममा सहयोग गर्न संसदीय दलको कार्यालयले अपिल गरेको उल्लेख छ ।

प्रदेश–३ को प्रमुख प्रतिपक्षी कांग्रेसले प्रदेश सरकारले गरेको निर्णयप्रति असन्तुष्टि जनाएको छ । बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई १ लाख दिने निर्णयप्रति कांग्रेसले असन्तुष्टि जनाएको हो । कांग्रेसले तत्काल सहयोग रकम बढाएर ३ लाख पु¥याउन माग गरेको छ । यसअघि प्रदेश–३ सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश–३ मा बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई नगद १ लाखका दरले रकम उपलब्ध गराउन निर्णय गरेको थियो । कांग्रेसले बाढीपहिरो र डुबानका कारण पूर्ण क्षति र आंशिक क्षति भएका घरपरिवारलाई अस्थायी आश्रयस्थल, खाना र लत्ताकपडालगायत राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस