फिल्म ‘हजार जुनीसम्म’ श्रावन ३० गतेबाट प्रदर्शनमा – NK | Nepalayan Khabar

काठमाडौं– श्रावन ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म युनिटले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा फिल्मको कथालाई प्रस्ट्याएको छ ।

ट्रेलरमा फिल्मका अधिकांश चर्चित अनुहारहरु लाई देख्न सकिन्छ । स्वस्तिमा खड्का, सलोन बस्नेत, सञ्चिता लुइँटेल, शिवहरि पौडेल, अखिलेश प्रधान र अनुभव रेग्मी पनि फिचर्ड छन् ।

निर्देशक विकासराज आचार्यको निर्देशनमा तयार भएको उक्त फिल्मलाई प्रेम कथामा आधारित रहि फ्यामिली ड्रामामा तयार पारिएको भनिएको छ । सामीप्यराज तिमल्सेनासँगको सहकार्यमा निर्देशक आचार्यले फिल्मको पटकथा तयार पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस