एम टि महरको नयाँ तिज गित सार्वजानीक -भिडियो सहित – NK | Nepalayan Khabar

काठमाडौं –तिज आउने दिन नजीकीए संगैै बजारमा तिजका नयाँ भाका हरु बज्न थालेका छन् । यसै क्रममा नब लोकदोहोरी गायक एम. टि महरको नयाँ तिज गित बजारमा आएको छ ।

फास्ट प्यार्टनमा बनेको उक्त गितमा सजिलै संग नाच्न सकिन्छ , गित सुन्दा पनि निकै रोचकखालको बनेको गायक महर बताउछन् । यस गितले बजार तताउने कुरामा उनि आफु विश्वस्त रहेका छन्, साथै यस गितलाई सबैले माया गरिदिन पनि उनले आग्रह गरेका छन् ।

हालै बजारमा आएको यस गितमा लय/शव्द एम. टि महरले नै गरेका छन् । यस गितमा उनको स्वर संगै चर्चित लोकदोहोरी गायीका पूर्णकला बि.सी.को स्वर सुन्न सकिन्छ ।

बिक्रम चौहानले निर्देशन गरेको यस गितमा गायक स्वम् आफै,दिपिशा बि.सी. र आयुष्मा सुनुवारको नृत्य देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस