नेकपा दाङकाे संगठन बिस्तार, स्थानीय तहको जिम्मेवारी बाँडफाँड

दाङ,  पार्टी एकीकरण भएको झण्डै डेढ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दाङमा विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी बाँडफाँड गरेको छ ।

आज घोराहीमा सम्पन्न नेकपाकाे पहिलाे बैठकले विभिन्न १२ वटा निर्णय गर्दै सचिवालय गठन, १७ वटा विभाग र ८ स्थानीय तहमा ईञ्चार्ज र सहईञ्चार्जको जिम्मेवारी सुम्पेको छ । बैठकले सचिवालय तर्फ अध्यक्ष टीकाराम खड्का, सचिव तुलसीराम पुन ‘सुबास’, हिराचन्द्र केसी, हुकुम बस्नेत, सुरामणी बेल्बासे, पुनम सेर्पाइली र अजयदिप शर्मालाई जिम्मेवारी दिएको छ ।

नेकपा प्रदेश नम्बर ५ का ईञ्चार्ज शंकर पोखरेलको प्रमुख आतिथ्यतामा भएको जिम्मेवारी बाँडफाँड कार्यक्रममा प्रदेश अध्यक्ष ओनसरी घर्ती, सचिब जगप्रसाद शर्मा‘अपार’, जिल्ला इन्चार्ज जीवन गाैतमलगायत अन्य केन्द्रीय तथा प्रदेश सदस्यहरुको सहभागिता थियो ।

साथै, बैठकले संगठन विभागको संयोजकमा कृष्णप्रसाद भुसाल, सहसंयोजकमा प्रमोद शर्मा, स्कुल विभागको संयोजकमा अजयदिप शर्मा, सहसंयोजकमा मनोहर बुढाथोकी , प्रचार बिभागको संयोजकमा शरद अधिकारी र डिल्लीराज खड्कालाई सहसंयोजकको जिम्मेवारी दिएको छ ।

त्यस्तै, शिक्षा विभागमा अरुण शर्मालाई संयोजक र शेरबहादुर खड्कालाई सहसंयोजक, स्वास्थ्यमा खिमबहादुर चौधरी संयोजक, कमानसिंह पुन सहसंयोजक , कृषि तथा भूमिमा प्रेमबहादुर थापा संयोजक र ओमप्रकाश सुबेदीलाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै, सहकारी विभागमा सुशीला शर्मा संयोजक र हुमा डिसीलाई सहसंयोजक, वन तथा वातावरण विभागको संयोजकमा अमरबहादुर वली र सहसंयोजक चित्रबहादुर खड्का, कानून बिभागमा मनोहर बुढाथोकीलाई संयोजक तोकिएको छ ।

त्यस्तै, युवा तथा खेलकुद संयोजकमा सरोज पन्त र सहसंयोजकमा कैलाश रोका, उर्जा तथा जलश्रोत विभागको संयोजकमा खर्के सुनार, सहसंयोजकमा मेघराज भुषाल, खानेपानी विभागमा भुपबहादुर केसी संयोजक र दिनेश श्रेष्ठलाई सहसंयोजकको जिम्मा दिईएको छ ।

त्यसैगरी, आर्थिक विभागको संयोजकमा बिश्वराज आचार्य, सहसंयोजकमा गेहेन्द्र बस्नेत, स्थानीय विभागको संयोजकमा हुकुम बस्नेत, सहसंयोजकमा बसन्त चौधरीलाई जिम्मेवारी दिइएको छ । यस्तै निर्वाचन विभागको संयोजकमा मानबहादुर रावत संयोजक र सहसंयोजकमा प्रमिता चौधरीलाई जिम्मेवारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस