प्रधानमन्त्री ओलीले सन्र्दभवश, आफ्नो भर्खरै भएको वेलायत यात्राको प्रसंग उल्लेख गर्दै भन्नु भएको छ “ तत्कालीन प्रधानमन्त्री मेका साथै सांसद र व्यापारिक समूदायसँगको अन्तरकृयाका क्रममा दुई देशको मैत्रीपूर्ण सम्बन्ध तथा आर्थिक सहयोगको आदानप्रदानका विषयमा जोड दिइएको थियो ।”
“ वेलायत सरकारले नेपालको विकास प्रयासमा गरेको निरन्तर मद्दत र सहयोगको प्रसंसा गर्दै प्रधानमन्त्री ओलीको सन्देशमा भनिएकोछ, “नेपालमा लामो समयदेखिको राजनीतिक संक्रमणको अन्त्य गर्दै हामीले विकासका प्राथमिकताहरु तय गर्दै समृद्ध नेपाल, सुखी नेपालको राष्टिकय आकांक्षा तय गरेका छौं । त्यसैले हामी वेलायतजस्तो हाम्रो महत्वपूर्ण मित्र राष्टकबाट हाम्रो सामाजिक आर्थिक विकासको लक्ष्य हासिल गर्न उच्च स्तरको सहयोगको अपेक्षा गर्दछौं । ”
प्रधानमन्त्री ओलीले उहाँको सफल कार्यकाल तथा वेलायती जनताको शान्ति, प्रगति एवं समृद्धिका लागि शुभकामना प्रकट गर्दै भन्नु भएको छ “म आउने दिनमा दुई देशको सम्बन्ध अझ मजवूत बनाउन तपाईसँग निकटतापूर्वक काम गर्ने आशा गर्दछु ।”