माइला लामाकी पत्नीले ‘वादल’लाई लेखिन ‘‘वादल’ दाइ! तिम्रो मलामी हुन पाउ

काठमाडौं – चर्चित तथा लोकप्रिय जनवादी कलाकार तथा जनयुद्धका जिउदो सहिद मानिने विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्युरो इन्चार्ज माइला लामा हिजो पुर्पक्षका लागि जेल चलान गरिएपछि उनी नख्खु कारागार गए । जसको चौतर्फी बिरोध भैरहेको छ ।

नेता तामाङ्गको गिरफ्तारीप्रति सर्वत्र निन्दा भइरहदा उनलाई ललितपुर जिल्ला अदालतले जेल चलान गरेको हो । जनयुद्धका कमान्डर गृहमन्त्री भइरहदा उनकै पुर्वसहकर्मि माथी व्यापक दमन ब्याक्ति हुदै हुदै झुट्टा मुद्दा लगायको भन्दै गृहमन्त्री राम बहादुर थापा बादलको चर्को आलोचना माओवादी पृष्ठभुमि भएकाहरु देखिन्छ । त्यती मात्र होइन उनी बिदेशिको इसरामा नाच्न थालेको भन्दै वामपन्थी बिश्लेषकहरुको तर्क रहेको छ ।

यसैबिच जनयुद्ध मा सुन्ने शक्ति देख्ने शक्ति र हातका औलोहरु गुमाएका नेता लामा जेल चलान भएपछि उनकी जिवनसाथी मनु तामाङले गृहमन्त्री थापालाई सम्बोधन गर्दै भावउत्तेजक स्टाटस सामाजिक सन्जाल फेसबुकमा राखेकीछन् ।

कुनै बेलाका सहयोद्धा रामबहादुर थापा बादल गृहमन्त्री बनेको समयमा माइला लामा जेल चलान भएपछि उनकी पत्नी मनु लामाले मंगलबार राति भावुक स्टाटस लेखिन्।

तर उनले लेखेको २ लाइनको स्टाटसले माइला लामा र बादलबीचको जनयुद्धको समयको सामिप्यतालाई झल्काएको छ । मनुले गृहमन्त्रीलाई बादल दाइ भन्दै फेसबुकमा आफ्नो भावना पोखेकी हुन्।

बादल गृहमन्त्री भएपछि बधाई दिन जाँदाको तस्बिर राखेर लेखिएको स्टाटसले हिजोका सहयोद्धाहरु आज विभाजित भएको झल्को दिएको छ । उनले आक्रोश मिश्रित शब्दमा बादलप्रति भावनात्मक प्रहार गरेकी हुन्।
‘बादल दाइ यदि हजुरको भन्दा मेरो पछि लास परेँ भने पक्कै पुष्प गुच्छा लिएर आउनेछु’, ‘हजुरको कार्यकाल अझ सफल होस् उनले लेखेकी छन्,

प्रतिक्रिया दिनुहोस