पचरौता नगरपालिकाकाे वार्ड नम्बर सात खुला दिशा मुक्त

निशा न्यौपाने , बारा । बारा जिल्लाकाे पचरौता नगरपालिकाकाे वार्ड नम्बर सात टाेल बैनौलि बारा जिल्लाकाे ७४ औ स्थानमा खुला दिशा मुक्त भएको छ। अाठ सय छपन औटा घर धुरीमा चर्पी निर्माण गरिसकेपछि । साे वार्ड खुला दिशा मुक्त गरिएको थिए। कार्यक्रमको सभापति वार्ड अध्यक्ष दिनानाथ सहनि तथा प्रमुख अतिथि जिल्ला बिकाश समितिकाे पुर्ब सभापति छठु प्रसाद यादव तथा विशिष्ट अतिथि नगर उप प्रमुख इन्दु कुमारी यादव वार्ड अध्यक्ष लक्ष्मी प्रसाद यादव कन्हैया प्रसाद यादव जगतनरायण यादव भरत साह चुनचन कुमारी साह शिवशंकर सिंह जयस्वार सुगदेव मुखिया बिन काे सहभागीतामा भएको कार्यक्रममा वार्ड अध्यक्ष लक्ष्मी यादवले बोल्दै खुला दिशा मुक्त भए लगतै सम्पुर्ण नगरबासि संग अनुरोध गर्दै चार्पी निर्माण भैइ सकेकाेले अनिवार्य रूपमा चर्पी प्रयोग गरेर ब्यवहारमा उतार्न आग्रह गरेका थिए सरसफाइमा मात्र होइन शिक्षामा पनि अग्रता ल्याएर जिल्लाकाे पहिलो स्थानमा ल्याउनु पर्न सोच रहेको समेत बताएका थिए। खुला दिशा मुक्त गर्नको लागि जेजे वाइ सि का परिचालक सेलेन्द्र राउत कुर्मी खाने पानी का ईन्जिनियर बिरेन्द्र पडित पिपल कृषि सहकारी संस्थाका अध्यक्ष दिनेस्वर यादव सस्त्र प्रहरी निरीक्षक सुबास फुलामि मगर सिम्रौनगढ ईलाका प्रहरी कार्यलयका प्रहरी सहायक निरिक्षक अरबिन्द कुमार यादवको सहभागीतामा तथा सञ्चालक नरेश साहकाे सहभागीतामा कार्यक्रम सम्पन्न भएको थिए।

प्रतिक्रिया दिनुहोस