काठमाडौं , साहित्यिक चाैतारी नेपाल ग्रिस शाखा द्वारा ग्रिसमा मृत्यु भएका लमजुङका गुरुङकाे परिवारलाइ ७० हजार अार्थिक सहयाेग
साहित्यिक चाैतारी नेपाल ग्रिस शाखा द्वारा लमजुङका के.बि भनिने खाे बहादुर गुरुङकाे परिवारलाई ७० हजार अार्थिक सहयाग गरेकाे छ। लमजुङ घर भएका गुरुङकाे केही साता अघि मिकोनस ग्रिसमा मृत्यु भएको थियाे । गुरुङको शब नेपाल पठाउन काम गर्ने होटेलले १५०० सय युरो बेहोरेको र थप रकम नपुगेको अवस्थामा एनआरएन ग्रीस र साहित्यिक चाैतारी नेपाल ग्रिस शाखाले अार्थिक सङ्कलन सुरु गरेका थिए। गुरुङको शब आरएन ग्रीस र साहित्यिक चाैतारी नेपाल ग्रिस शाखाकाे पहलमा नेपाल पठाइसकिएकाे छ।
साहित्यिक चाैतारी नेपाल ग्रिस शाखाकाे पहलमा सञ्चालन भएकाे अभियानलाई समर्थन जनाउदै पन्चुमाया गुरुङ काठमाडौ ५० युरो,अर्जुन के:सि काठमाडौं ५० युराे,गनि गुरुङ काठमाडौ ५० युराे, अमिसा लामा ५० युराे, कृष्ण खनाल लेखनाथ ५० युरो,रोसन गुरुङ ५० युराे दिपेन्द्र छेत्री ५० युराे,सुदिप श्रेष्ठ लामुसागु ५५ युराे सन्त पाखिन नुवाकोट २५ युराे,जि.बि २५ युराे,दिप्सी राना 25 युराे र धुर्ब कुवरले २५ युराे सहयाेग गरेका थिए। सङ्कलित रकम एनअारएन ग्रिस शाखाका पुर्व अध्यक्ष कृष्ण पोखरेललाई हस्तान्तरण गरिएकाे
साहित्यिक चाैतारी नेपाल ग्रिस शाखा अध्यक्ष गनी गुरुङले जानकारी दिए।
साहित्यिक चाैतारी नेपालका ७ अै प्रदेश र प्रवासमा ईजराएल साउदी अरब मलेसिया भारत गरि चौध शाखा भएको संस्था नेपाली भाषा साहित्य र समाजसेवाका कामहरुमा सक्रिय संस्था हो। साहित्यिक चाैतारी नेपालले १ महिना अगाडि मात्र ग्रिसमा शाखा बिस्तार गरेकाे थियाे।ग्रीस शाखाको यो नै पहिलो सामाजिक कार्य पनि हो ।