बारामा अज्ञात व्यक्तिको शव भेटियो

काठमाडौं-बाराको सुवर्ण गाउँपालिकाको नहर छेउमा अज्ञात व्यक्तिको शव भेटिएको छ । शवको टाउँकोमा गहिरो चोट लागेको र हाल सम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सोमवार बिहान करिव ६ बजेको समयमा स्थानीयले शव देखि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त शव पोष्ट मार्टमका लागि जिल्ल्ला अस्पताल कलैया पठाईएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायव उपरिक्षक रञ्जित सिंह राठोरले जानकारी दिए ।

‘हातमा शौरभ लेखिएको ट्याटु रहेका युवक मृत अवस्थामा फेला परेपछी स्थानियले हामीलाई खबर गरेका थिए’ राठोरले भने, ‘थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस