काठमाडौं-निजगढ नगरपालिका को वडा नम्बर १ मा गयराति बर्षासंगै लागेको चट्याङ्मा २ वडा स्थानीयको घरमा क्षेती पुर्यायको छ ।
बर्षासंगै चट्याङ निजगढ नगरपालिका को वडा नम्बर १ मा १२ बजे रातिदेखि रातको १ बजेको बिचको समयमा चट्याङ लागेको हो ।
चट्याङ लागिदा वडा नम्बर १ निवासी राम कृष्ण कार्की र गोमा थापा क्षेत्रीको घरमा रहेको टिभी टेबुल फाइन लगायत घरमा जडान गरियको बिधुतको मिटर साथै घरमा गरियको वैरिंङ समेत जलेर नष्ट भएको छ ।
यसैगरी वडा नम्बर १ कै कछडीया टोलमा समेत कछडीया टोल सुधार समितिको अध्यक्ष कन्त लाल धामीको घरमा चट्याङ लाग्दा टिभी सिलिङ फाइन जलेको छ ।
स्थानीयको घरमा चट्याङ लागेको भएपनि चट्याङ ले वडा नम्बर १ मा मानव लगायत बस्तु भाउमा भने क्षेती नापुर्यायको भनि वडा नम्बर १ को वडा अध्यक्ष मङ्गले लोप्चन ले जानकारी गरायको छ ।
गयको रातमा लागेको चट्याङ को कारण वडा नम्बर १ को भोला चोक हुदै शिब मन्दिर आसपास र गुम्बा टोल लगायत यो समाचार तयार गरिरहेको अबस्था सम्ममा सिंगौल भरिनै बिधुत अबरोध रहेको स्थानीय बसन्त लामा ले बताउनु भएको छ ।