धादिङको थाक्रेमा सवारी दुर्घटना

काठमाडौं-धादिङको थाक्रे गाउँपािलकास्थित पृथ्वी लोकमार्गामा सवारी दुर्घटना हुदा ३ जना घाइते भएका छन् । सोमबार बिहान काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख २१३४ नम्बरको बसले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ३१५१ नम्बरको माईक्रोलाई ठक्कर दिँदा माइक्रो सडकबाट २५ मिटर तल चिसापानी खोलामा खसेको छ ।

दुर्घटनामा घाईते भएकाहरुलाई तत्काल उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बसका चालक नवलपरासी बर्दाघाट का २३ वर्षीय अंकित रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस