बीपी कोइरालाको ३७ औं स्मृति दिवस मनाइँदै

काठमाडौं।नेपाली काँग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी सोमबार मनाइँदैछ।स्मृति दिवसको अवसर पारेर नेपाली काङ्ग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन्।बीपीको १९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्म भएको थियो भने २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो।

जीवनभर प्रजातन्त्रका लागि लडेका बीपी शालीन, सुझबुझ र गम्भीर चिन्तन, अदम्य साहसी नेता थिए।उनी भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी भई भारतीय नेताहरूसँगै जेल परेका थिए।नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिन्थे।२०३४ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका बीपीले त्यसपछि भने सम्पूर्ण राजनीतिक दलको नेता बन्ने अवसर पाए ।

मेलमिलापको नीतिको चर्चा गैर काँग्रेसी नेताले पनि गर्छन्।तर काँग्रेसभित्रै गुटको राजनीति भइरहँदा यो हाँस्यास्पदजस्तै लाग्छ।बीपी साहित्यमा पनि धुरन्धर मानिन्छन्।राजनीतिमा शालीन मानिने बीपी साहित्यमा भने अराजक थिए।उनका सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दाइ, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा अझै पनि चर्चाकै शिखरमा छन् ।

प्रतिक्रिया दिनुहोस