बुढानीलकण्ठदेखि सातदोबाटोसम्म २२ किलोमिटर लामो मेट्रो रेल्वे बन्दै

काठमाण्डौ , सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ । सम्भाव्यता अध्ययनबाट पहिलो चरणमा बुढानीलकण्ठदेखि सातदोबाटोसम्म २२ किलोमिटर लामो रेल्वे आर्थिक रुपमा फाइदाजनक हुने प्रतिवेदन आएपछि रेल विभागले डिपीआर तयार पार्न कम्पनी छनोट प्रक्रिया थालेको हो ।

विभागले डिपीआर तयार पार्न इच्छुक कम्पनीसँग प्रस्ताव मागेको थियो । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार २० कम्पनीले प्रस्ताव हालेका छन् । प्रस्तावमध्येबाट मेट्रो रेल्वे निर्माणमा बढी अनुभव भउका ६ कम्पनी छनोट गरी विभागले उनीहरुसित डिपीआर तयार पार्नका लागि प्राविधिक आर्थिक प्रस्ताव मागेको छ।ती कम्पनीको प्रस्ताव अध्ययनपछि साउन महिनाभित्रै उपयुक्त कम्पनी छनोट गरी डिपीआर निर्माण गर्न जिम्मा दिइने जानकारी मिश्रले दिएकाछन ।

प्रतिक्रिया दिनुहोस