दुबई युएई,
दाङ देउखुरी समाज युएईको दोश्रो अधिवेशन सम्पन्न भएको छ र नारायण आचार्यको नेतृत्वमा आगामी (२०१९/२१) कार्यकालका लागि २१ सदस्यीय समिति सदस्य कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ।
संस्थाका अध्यक्ष कमल गिरीको सभापतित्व एवं नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद(सिपी) सापकोटाको प्रमुख आतिथ्यतामा कार्यकर्म सम्पन्न भयको थियो ।
उपाध्यक्ष सूर्य बहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष धनिराम सुवेदीले पेश गर्नुभएको थियोे भने कार्यप्रगती प्रतिबेदन महासचिव नारायण आचार्यले प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद(सिपी) सापकोटाले अफ्नो अढाई दशक भन्दा लामो युएई बसाईबाट युएईका सामाजिक संस्थाको आवश्यकता यसको गठन प्रक्रिया , सामाजिक संस्थाले हाल सम्म पुर्याएको भूमिका , युएईमा हाल नेपालीहरुको अवस्था संगै सामाजिक संस्था सहित यहाँका नेपालीहरुको अबको भबिष्यका बिषयमा बिस्तृत जानकारी गराउँदै सामाजिक संस्थाहरुको माझमा दाङ देउखुरी समाज युएईले छोटो समयमा निकै राम्रो कार्य गरेर छुट्टै स्थान बनाएको देख्दा आफू हर्षित भएको बताउँदै संस्थाप्रती आभार प्रकट गर्नुभयो।
आगामी कार्यकाल लागि नारायण आचार्यको अध्यक्षतामा नव निर्वाचित कार्यसमितिमा प्रथम वरिष्ठ उपाध्यक्षमा सुर्य बहादुर केसी ,उपाध्यक्षमा धनिराम सुवेदी , महासचिवमा गोपाल केसी , सचिवमा गेहेन्द्र खड्का , सह-सचिवमा नारायण भण्डारी,कोषाध्यक्षमा बिजय केसी, सह कोषाध्यक्षमा मौषम परियार , प्रबक्तामा तिलक वली त्यस्तै सदस्यहरुमा शर्मिला डाँगी , बालकृष्ण बुढा , मनिषा पुन , शिवा मल्ल , बिपना थापा , भोजराज आचार्य , आरोही पाण्डे , प्रेम चौधरी , देव वली , बिरेन्द्र खड्का र अर्जुन छिनाल रहनुभएको छ।
त्यस्तै सांस्कृतिक बिभाग प्रमुखमा हरि डांगी निर्वाचित हुनुभएको छ।
यस्तै संस्थाको संरक्षकमा निवर्तमान अध्यक्ष कमल गिरीलाई चयन गरेको छ भने प्रमुख सल्लाहकारमा नरेश सेन सहित सल्लाहकारमा क्रमशः देब राज वलि, सन्तोष धिताल , पिम बहादुर केसी , बिश्वदेव शाह सहित प्रेस सल्लाहकारमा जि.के. दङ्गाली चयन हुनुभएको छ।