श्रम गर्ने दलितमाथि नै शोषण

म श्रवन नेपाली नेपाल दलित विद्यार्थी संघ दाङको उपाध्यक्ष । केही समय अधि लोकसेवा आयोगले निकालेको बिज्ञापनका बारेमा केही कुरा राख्न चाहन्छु । नेपाल राज्य स्थापना गर्न या भनौ नेपाल राष्ट्र निर्माण गर्न ब्राह्मण ,क्षेत्री या अन्य थुप्रै जातिब्यक्तिको ठूलो योगदान रहयो । त्यसलाइ म के कोहि पनि नकार्न सक्दिन तर आज आएर के बिसे नगर्ची जो पृथ्वीनारायण शाहका सहयोगी थिए उनको योगदान भुलन सकिन्छ त ? के सरकारले हामी दलित ,आदिवासी जनजाति ,मुस्लिम ,अल्पसंख्यक समुदाय लगाएतलाइ नेपाली नागरिक नमानेकै होत । सरकार र लोकसेवा आयोगका बिरुद्व जनताले आन्दोलन गरिरहदा खोइत सरकारले सम्बोधन गरेको । बरु सरकारले आन्दोलनमा हस्तक्षेप गरेको छ कतिलाई घाइते बनाएको छ ।

अनि प्रश्न आयोगलाइ पनि छ । लोकसेवा आयोगको परिक्लपना कल्ले गर्‍यो । संविधानले
अनि संविधानले बनाएको वा परिकल्पना गरेको संबैधानिक अङ्गके संविधानलाइ नै नमान्ने वा संविधानको नै गलत ब्याख्या गर्ने प्रच्लन कहाँ कुन गणतान्त्रिक राज्य व्यवस्थामा पाइदो रहेछ । संबिधानले स्पष्ट रुपमा भनेको छ कि हरेक राज्यको संयन्त्रक समाबेशी हुनुपर्छ तर खोइ त गरिएको ? बरु यहाँ त जातिय विभेद गर्न खोजिएको छ । त्यसकारण म यस्तो कदमको निन्दागर्छु र समयमा नै सरकार र लोकसेवा आयोग नसच्चिएमा नेपाल दलित विद्यार्थी सङ्ग दाङ अझ कडा रुपमा प्रस्तुत हुन बाध्य हुने छ ।

कामी र सार्कीको सीप र पसिना

नेपालमा सबैभन्दा पहिले पृथ्वीनारायण शाहले राज्यविस्तार अभियानका क्रममा सैनिकहरू संगठित गर्न थालेका हुन्। उनले सबैभन्दा पहिले विक्रम संवत् १८१९ मा ‘ श्रीनाथ’ र ‘कालीबक्स’ पल्टन खडा गरे। आधुनिक नेपालको सैनिक इतिहास विक्रम संवत् १८१९ बाट थालनी भएको हो। विक्रम संवत् १८१९ मै ‘ श्रीनाथ’ र ‘कालीबक्स’का साथै ‘बर्दबहादुर’, ‘सबुज’ तथा ‘पुरानो गोरख’ सहित पाँच पल्टन गठन भइसकेको थियो। यिनै पाँच पल्टनलाई पृथ्वीनारायण शाहले आफ्नो विजय अभियानमा सरिक गराएका थिए भनी इतिहासकार भवेश्वर पंगेनीले आफ्नो पुस्तक ‘नेपालको सैनिक इतिहास सुन्दरीजल जंगी मेगेजिन अड्डा’ (२०६८:१८–२१) मा उल्लेख गरेका छन्।

यसरी आधुनिक सैन्य संगठन र बन्दुकजस्ता आधुनिक हतियारको प्रयोगका क्रममा हतियार र यसका लागि आवश्यक सामग्रीको निर्माण मर्मतसम्भार आदिका लागि राज्यले एउटा छुट्टै अड्डाको व्यवस्था गर्‍यो। त्यो ‘सुन्दरीजल मेगेजिन अड्डा’ हो।

पंगेनी (२०६८:६५–६९) अनुसार मेगेजिन अड्डामा आरन, रेतान, ढलान, साफी, सिकर्मी र सार्की फाँट थिए।

आरनमा कामीहरूले र छालामा सार्कीहरूले काम गर्थे। मेगेजिन अड्डामा फलाम र गोलाबारुदको मात्र होइन, छालाको काम पनि हुन्थ्यो। बन्दुक भिर्ने फित्ता, पेटी, खुकुरी, संगीन आदिका दाप, जुत्ता छालाबाट बन्ने हुँदा यस कामको जिम्मा सार्कीहरूको थियो। यस अर्थमा नेपालको आधुनिक सैन्य इतिहासमा कामी र सार्कीहरूको प्रशस्तै पसिना बगेको छ। उनीहरूको सीपको भरपूर उपयोग भएको छ।

श्रम गर्नेमाथि नै शोषणड

कामी, सार्की र दमाईहरूको सीप र पसिना देशका विभिन्न स्थानमा उपयोग हुँदै गयो। उनीहरूका बारेमा उल्लेख गरिएका लालमोहरहरू प्रशस्तै पाइएका छन्। खासगरी राज्यका विभिन्न ठाउँका स्थानीय जिम्मावालहरूलाई राजामहाराजाहरूबाट विभिन्न जग्गाको जिम्मा दिई कर उठाई बुझाउन आदेश जारी गरिएका लालमोहरहरूमा छिपोछापो, कामी, सार्की र दमाईका विषय पनि उल्लेख भएको पाइन्छ।

उसबेला सर्वसाधारणले सादा कपडामा छिपा लगाएर मात्र लगाउनुपर्ने नियम भएकोले छिपाको काम गर्न नेवारहरू राज्यका विभिन्न ठाउँमा पुगेका थिए। यस्तै फलामको काम गर्न कामीहरू, छालाको काम गर्न सार्कीहरू कपडा सिलाउन दमाईहरू देशमा विभिन्न ठाउँमा छरिँदा लिम्बुवानमा पनि पुगे। लिम्बुवानका लिम्बू सुब्बाहरूका नाममा जारी भएका लालमोहरहरूमा छिपोछापो, कामीको ताल, सार्कीको पलेटी र दमाईको सुजेरो भन्ने उल्लेख भएको पाइन्छ। राजा राजेन्द्रबाट विक्रम संवत् १८८४ चैत वदीमा जारी यस्तो उल्लेख गरिएको एक लालमोहर यो लेखकसँग पनि सुरक्षित छ। कामीको ताल भन्नाले उनीहरूले फलाम पिट्दा आउने आवाज, सार्कीको पलेटी भन्नाले उनीहरूले पलेटी कसेर गर्ने छालाको काम भन्ने बुझिन्छ। यस्तै दमाईको सुजेरो भनेको चाहिँ सिलाईमा आवश्यक सियो, धागो र टुक्रा कपडाहरू राख्ने झोला हो।

लालमोहरको आशय कपडामा छिपा हाल्ने, फलाम, छालाको काम गर्ने तथा लुगा सिलाउनेहरूको कामको रेखदेख गर्दै उनीहरूबाट समेत कर उठाउनु रहेको बुझिन्छ।

पुख्र्यौली नासोका रूपमा यस लेखकसँग सुरक्षित रहेको लालमोहरमा ती शिल्पी श्रमिकहरूबाट कति कर असुलिन्थ्यो, त्यो खुल्दैन। तर माझकिरातमा जारी भएको राजा राजेन्द्रकै पालाको एउटा रुक्कामा भने उनीहरूमाथि डरलाग्दो करको भार लगाउने गरिएको थियो भन्ने सहजै बुझ्न सकिन्छ।

पहिले ‘मेगेजिन कर’ भनी आधुनिक बन्दुक, तोपगोला, बारुदजस्ता हातहतियार बनाउने सैन्य कारखानाका लागि विभिन्न ठाउँबाट कर उठाइन्थ्यो। यस लेखकसँग सुरक्षित रहेको लालमोहरमा पनि मेगेजिन शब्द उल्लेख छ। मेगेजिन अड्डाका लागि नगदका साथै जिन्सी पनि उठाइन्थ्यो। यसका लागि सैनिकहरू विभिन्न ठाउँमा खट्थे।

त्यो बेला माझकिरातमा बस्ने भोटे, राई, किराती याक्खा र तामाङहरूले राज्यले छाला दिन नसके दुई आना रकम बुझाउँदा हुने थियो भने कामी र सार्कीले चाहिँ त्यहीबापत प्रत्येक घरले आठआठ आना कर राज्यलाई बुझाउनुपथ्र्यो। छाला र नगद उठाउन सरकारी कर्मचारी र सैनिकहरूलाई खटाइन्थ्यो। कतिसम्म भने त्यहीँ क्षेत्रका मानिसलाई नै झारा बनाई यस्ता छाला र उठेका नगद बोकाई हुलाकी बनाएर मेगेजिन अड्डामा पुर्‍याउन बाध्य गराइन्थ्यो।

प्रतिक्रिया दिनुहोस