काँग्रेस जिल्ला सदस्यको हास्यास्पद तर्क : भने, विना आधार चरित्र हत्या भो

दाङ । नेपाली काँग्रेस दाङका सदस्य यज्ञबहादुर बिष्टले हत्या अभियोगमा फरार भएका विक्किसिंह ठकुरीसँग आफ्नो छोराको संगत नभएको दावी गरेका छन् ।
यसअघि प्रदेश अनलाइनमा उनका छोरा युवराज बिष्ट विक्किसिंहको ठेक्कापट्टाका पार्टनर भएको समाचार प्रकाशित भएको थियोे । विष्टले खण्डन पत्र पठाएर उक्त समाचारले आफ्नो परिवारको मान मर्यादामा चोट पुगेको समेत उल्लेख गरेका छन् । तर,उनका छोरा युवराज दंगीशरण गाउँपालिकामा पर्ने पातुखोलाको ठेक्कामा विक्किका पार्टनर हुन् । विक्कि र युवराज खोलाको ठेक्कामा पार्टनर होइन भन्नू सरासर झुठ हो भन्नेमा प्रदेश अनलाइन सम्पादकीय समूह विश्वस्त छ । हाम्रो समाचारको अर्थ हत्यामा काँग्रेस जिल्ला सदस्यका छोरा युवराजको संलग्नता छ भन्ने होइन । हाम्रो समाचारको आशय विक्किले शक्ति सन्चित गर्न सबैलाई हातमा लिन खोज्थे । यसै सिलसिलामा काँग्रेसका जिल्ला सदस्यलाई ठेक्कामा पार्टनर बनाएका थिए भन्ने हो ।

प्रतिक्रिया दिनुहोस