यातायात क्षेत्रमा हुने गुण्डागर्दीलाई पूर्ण रुपमा नियन्त्रण गर्नेछौँ: खनाल

काठमाडौं प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

खनालले ट्राफिक प्रहरीले गलत काम गरे तत्काल आफूलाई खवर गर्न पनि यातायात व्यवसायीलाई आग्रह गरे ।

शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रमा गलत रवैया नदेखाउन पनि ट्राफिक प्रहरीहरुलाई सचेत गराए । जनताको लागि निःशुल्क सेवा दिन बसेको प्रहरी संगठनले यातायात क्षेत्रमा कुनै पनि खालको समस्या आउन दिन नमिल्ने खनालको भनाइ छ ।

उनले सडक दुर्घटना हुन नदिन सवारी चालकहरुलाई सचेत हुन आग्रह गरे । त्यस अवसरमा उनले यातायात क्षेत्रमा हुने गुण्डागर्दीलाई पूर्ण रुपमा नियन्त्रण गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस