काठमाडौं : लोकसेवा विज्ञापन खारेज गर्नुपर्ने माग गर्ने प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । आरक्षण बचाउ अभियानको प्रदर्शनमा बिहीबार प्रहरीले हस्तक्षेप गरेको हो । लोकसेवा आयोगको कार्यालय अगाडिबाट प्रदर्शनकारीलाई प्रहरीले हटाउने प्रयास गरेपछि धकेलाधकेल भएको थियो ।
आन्दोलनकारीले लोकसेवा विज्ञापन खारेज गरेर आरक्षणको व्यवस्थासहित पुनःविज्ञापन गर्नुपर्ने माग गरेका छन् ।