काठमाडौँ–चर्चित लोकदोहरी गायक तिलक वलीको यस वर्ष पनि टिपिकल तिज गित “नेपालको धुलो चाईना पु¥याइदेउ” बजारमा आएको छ । हङ्कङ्को साडीको अपार सफलता पछि लगातार हिट गित दिदै आएका गायक वली को गितले तिजको समयमा गाउँघर, शहर,बजार जताततै तहल्का पिट्ने गरेको पाइन्छ ।
क्याची शब्दहरुको प्रयोग गरिएका उनका गितमा मौलिक पनलाई पनि प्रथामिकता दिइएको हुन्छ । सुन्दा बित्तीकै झट्ट उनका गितहरु ओठमा झुन्डीने खालका हुन्छन् ।
बिशेष गरि हिन्दु नेपाली दिदीबहीनीहरुको महान चाड तिज लाई लक्षित गरेर उनले गितको सृजना गर्ने गर्दछन् । तिजको लहर छाउदा गायक वलीको गितमा ननाच्ने सायदै कमै होलान् ।
उनलाई यस सांगितीक क्षेत्रमा एक स्थापित कलाकार बनाउनमा तिज गितको देन निकै नै रहेको पाइन्छ तर गायक वलीले तिज गित मात्र गरेका भने हैनन् । थुप्रै हिट गितहरु बजारमा पस्किसकेका छन् ।
यस “नेपालको धुलो चाईना पु¥याइदेउ” बोलको गितमा लय/शव्द गायक वली आफैले गरेका छन् भने स्वरमा उनलाई गायिका झरणा पुनले साथ दिएकी छिन् । गितलाई उनको आफ्नै युटुब च्यानल गामबेशी मिडिया मार्फत सार्बजनीक गरिएको छ ।
भ्यूजको मूल्यांकनमा यस गितलाई निकै रुचाईएको र राम्रो प्रतिकृया मिलेको छ ।
साथै भिडियोमा प्रकाश सपुत र झरणा पुनको नृत्य देख्न सकिन्छ ।