काठमाडौं-नेपाल आईडल सिजन २ बाट संगीतीक यात्रा सुरु गरेकी निलिमा थापा मगरको नयाँ गित बजारमा सार्वजनिक गरिएको छ । सुमधुर स्वरकी धनी निलिमाले थुप्रै दर्शक/श्रोता को माया अपार माया यस गित अगाबै पाईसकेकी छिन् ।
उनि अहिलेको यस “मन पन्छि” बोलको गितमा गायिकी सँगै अभिनयद्धारा पनि प्रस्तुत भएकि छिन् । उनको गायिकी एवं अभिनयले यतिबेला चौतर्फी तारिफ पाईरहेको पनि छ ।
देबेश राईको संगीत संयोज रहेको यस गितमा शव्द डि.बी. खनालले कोरेका छन् भने मनोज थापाले संगित भरेका छन् ।
भिडियोको निर्देशन मोहन राज अधिकारीले गरेका हुन त्यसैगरी अभेष बाज्राचार्य क्यामरा चलाएको उक्त भिडियोको संपादन माधब बेल्बासेले गरेका छन् ।