उदित नारायणको स्वरमा नयाँ गीत ‘होशमा बेहोशि’ सार्बजनिक

काठमाडौं – काल झैं स्वरका धनी उदित नारायण झाले लामो समयको अन्तरालपछि नेपाली सुुगम गीतमा आवाज दिएका छन् । नेपाली दर्शकको मन मुटुमा बस्न सफल गायक झाले सत्याकृत ब्यण्ड को प्रस्तुतिमा   ‘होशमा बेहोशि’ बोलको गीतमा आवाज भरेका हुन् ।

गीतको म्युजिक भिडियो, रेकर्डिङ ,मिक्सिङ, मास्टरीङ ,सम्पूर्ण कार्य मुम्बईमै गरिएको हो  ।  विजय गौतमको शब्द तथा संगीत रहेको उक्त गीतमा संगीत संयोजन गोपाल रसाईलिको रहेको छ ।  गीतको म्यूजिक भिडियो निर्देशन÷सम्पादन पनि स्वयम्  विजय गौतमले नै गरेका हुन् ।

गीत रेकर्डिङका क्रममा गायक झाले करियरमै सबैभन्दा मिठो गीत गाएको बताएका थिए । उनले मिठोसँगै गायनका लागि निकै चुनौतीपूर्ण रहेको यो गीत पशपतिनाथको कृपाले गाउन सहज भएको  प्रतिक्रिया समेत दिएका थिए ।  गायक झाले गाएको गीत ‘श्री हजुर’ नामको महिमामा आधारीत छ ।

सत्याकृत ब्याण्डको निर्माणमा बनेको उक्त भिडियो आत्मरञ्जन नामक युटुब च्यानलमा रिलिज गरिएको छ । यसअघि पनि  सत्याकृत ब्याण्डले भक्ति, प्रेम र सत्य भावका गीत संगीतहरु दर्शकसामू पस्किदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस