दाङ । २८ असारमा तुलसीपुरको जसपुरमा कचिलाका रामबहादुर वली उर्फ ‘पाटेबाघ’लाई एउटा अपराधिक समहुले अन्धाधुन्ध खुकुरी प्रहारगरी गम्भीर घाइते बनायो । तीनवटा बाइकममा आएका उनीहरु खुकुरीले पाटेबाघको शरीर छियाछिया बनाएर फरार भए ।
ती अपराधिक मानसिकताका युवाहरुले खुकुरी हानेर सहजै उम्कन निकै चलाखीपन अपनाएका थिए । उनीहरुले तीनवटै बाइकको नम्वर प्लेट उल्टो बनाई अनटेष्ट जस्तो देखाएका थिए । उनीहरु आक्रमण पश्चात तीनै नक्कली अनटेष्ट बाइकमा बसेर पश्चिमतिर लागे । प्रहरीले खबर पाए लगत्तै चारैतिरबाट नाका शील गरिसकेको थियो । प्रहरी घटनास्थलपनि पुग्यो । पाटेबाघ त्यतिबेलासम्म बोल्न सक्ने अवस्थामा थिए । उनले प्रहरीलाई विक्कीसिंह ठकुरीको निर्देशनमा आफूमाथी आक्रमण भएको बताए । उनले बोलेको भिडीयो प्रहरीसँग सुरक्षित छ । खुकुरी प्रहारगरी फरार फरार भएका मध्य २ जनालाई प्रहरीले केही घण्टामै जुरपनियाको जंगलमा लुकेको अवस्थामा नियन्त्रणमा लियो । प्रहरीको नियन्त्रणमा पर्ने बित्तिकै उनीहरुले ‘विक्की दाइ’ले हान्न लगाएकाले पाटेबाघलाई खुकुरी हाने बताएका प्रहरी अधिकारीहरु बताउँछन् । यति हुँदासम्म पाटेबाघलाई उपचारकालागि कोहलपुर लगियो । त्यहाँपनि उपचार संम्भव नभएपछी भारतको लखनउ रेफर गरियो ।
पक्राउ होइन,आत्मसमर्पण
घटनामा संलग्न दुईजना पक्राउ परेपनि बाँकी ४ जना फरार थिए । फरार ती चारजना प्रहरीलाई टाउको दुखाईको बिषय बनेका थियो । यत्तिकैमा खबर आयो,‘लखनउ लैजाँदै गर्दा पाटेबाघको मृत्यु भइसक्यो ।’ प्रहरीलाई झन् तनाव भयो । दिनहदाडै प्रहरी चौकी नजिकै खुकुरी हानेर घाइते भएका व्यक्तिको ज्यान गएपछी प्रहरीलाई चयन हुने कुरै भएन् । चारैतिर व्यापक प्रहरी परिचालन गरियो । तर,प्रहरीले फरार चारजना कहाँ छन् ? केही भेउ पाएको थिएन । प्रहरी तनावमा परेका बेला केही व्यक्तिले फरार अभियुक्त र प्रहरीसँग कोअर्डिनेसनगरी दुवै तर्फको सहमतीमा आत्मसमर्पण गराए । यसकालागि स्थान रोजियो दंगीशरण २ कलमखोला । कलम खोला विक्कीसिंहले एकलौटी दादागिरी गरेर नदिजन्य पदार्थको दोहन गर्ने एरिया होे । हो त्यहीँ स्थानमा योजनावद्ध तरिकाले प्रहरी पुग्यो,फरार भएकाले आत्मसमर्पण गरे । फरार अभियुक्त पक्राउ गर्ने प्रहरीको तनाव यसरी अन्त्य भयो ।
मुख्य योजनाकार विक्किसिंह
घाइते अवस्थामा पाटेबाघले विक्कीकै नाम लिनु र फक्राउ परेकाले ६ जनाले नै विक्कीकै निर्देशनमा खुकुरी प्रहार गरेको बयान दिएपछी प्रहरीलाई अचेल विक्की भनेर चिनिने विवेकसिंह ठकुरी टाउको दुखाईको बिषय बनेका छन् । किनकी विक्की दाङमा छैनन् । काठमाण्डौ छन् । पक्राउ परेकाले विक्कीको निर्देशनमा आक्रमण गर्दा बाटेबाघको मृत्यु भएको बयान दिएकाले प्रहरीले अनुसन्धानको सुई विक्कीतिर घुमाएको छ । इप्रका तुलसीपुरका प्रमुख डीएसपी प्रेम शाहीका अनुसार पाटेबाघ हत्याकाण्डमा विक्कीको संलग्नता पुष्टि गर्ने थुप्रै प्रमाण छन् । जसका कारण प्रहरीले विक्कीलाई मुख्य योजनकार भन्दै पक्राउ परेका ६ सहित उनका नाममा कर्तव्य ज्यानको मुद्दा चलाएको छ । जानकारहरुका अनुसार मारिएका पाटेबाघ र विक्की बिच ४/५ बर्ष पहिल्यै देखीको दुष्मणी थियो । पहिले विक्कीको गाउँको केटालाई पाटेबाघले कुटेका थिए । त्यसको केहीबर्ष पछी विक्की समूहले कुटेर पाटेबाघको दाँत भाँचिदिएको थियो । तर,बाटेबाघले प्रहरीमा उजुरी नगरी बदला लिने भन्दै चुपचाप बसेका थिए । उनीहरुबीच जहाँ भेट हुन्छ त्यहीँ झडप हुने अवस्था थियो । त्यहाँ अवस्थाका बिचमा विक्की आफू काठमाण्डौ गएर आफ्ना सहयोगीलाई पाटेबाघलाई खुकुरी प्रहारगरी अंगभंग बनाउन निर्देशन दिएको प्रहरीको भनाई छ । तर,धेरै चोट लागेपछी पाटेबाघको मृत्यु नै भयो ।
विक्कीको अपराध कर्म
विक्की बेल्टाकुराको एक गरिब परिवारका छोरा हुन् । स्कुले जीवनमा उनी सामान्य मान्छे थिए । स्कुले जीवन पार गरे । त्यस पश्चात उनी अपराधमा जोडिन पुगेको प्रहरी तथ्यांकले पुष्टि गर्छ । घरको आर्थिक अवस्था कमजोर भएकाले उनको परिवाले अरु साथीभाईलाई जस्तो विक्कीलाई फर्माइसका लागि मनग्य पैसा दिन सक्दैनथ्यो । त्यसैले उनले पैसा कमाउनकै लागी अपराध कर्मलाई दिनचर्या बनाएका केही त्यस्ता व्यक्तिको संगतमा लागे । यस्तै सीलशीलामा उनी सदस्य रहेको अपराधिक समुहले २०६९ सालको तिहारको आसपासमा छिमेकी गाउँ मोतिपुरमा चलेको ‘जुवा’लुट्ने योजना बनायो । उनीहरुको समुहलाई ०६९ मंसिर ३० गते ‘लुट्ने साइत’ जुर्यो । अनि उनीहरु जुवा घरमा गए । उनीहरुले जुवा लुट्न गोली चलाए । गोली चलाउने उनै पात्र विक्की थिए । जो पैसाको अभाव पुर्ती गर्न अपराधकर्ममा रमाएका थिए । विक्कीले चलाएको गोलीले ३० बर्षिय जितबहादुर चौधरीको मृत्यु भयो,त्यतिबेला विक्की १५ बर्षका मात्रै थिए । जितबहादुरको हत्या गरेपछी दाङको गुन्डागर्दी क्षेत्रमा एकाएक विक्कीको नाम चम्क्यो । ‘वा वा विक्की फुच्चे भएरपनि मान्छे मार्ने आँट गर्यो ।’ मान्छे मारेपछी उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान र हातहतियार खरखजना मुद्दा चलायो । उनलाई दाङ जिल्ला अदालतले हत्यारा प्रमाणित गर्दै नाबालक भएकाले बाल सुधार गृहमा पठायो । जब उनी तोकीएको समय पुरा गरी सुधार गृहबाट निस्कीए,तब दाङका गुन्डा नाइकेहरुसंग संगत बढाउन थाले । उनी बिशेषगरी गुन्डा नाइके विकास पुनको आडमा तुलसीपुर क्षेत्रमा गुन्डागर्दी गर्दै आएका थिए । बिभिन्न निकायका व्यक्तिलाई कहिले आश त कहिले त्रास देखाएर जबरजस्ती खोला,नालाका ठेक्का लिने र ठुला ठेकेदारसँग चन्दा मागेर पैसा कमाएको प्रहरी अधिकारीहरु बताउँछन् । उनले पछील्लो समय समाजसेवामा समेत लगानी गर्न थालेका थिए ।
तर,उनको पछील्लो गतिबिधीले भने समाजसेवाको आडमा गुन्डागर्दी गर्ने गर्छन् भन्ने आरोप लगाउनेहरुलाई थप बल पुगेको छ । कांग्रेस पृष्ठभुमीका विक्की त्यहाँबाट संरक्षण हुने संम्भावना नदेखेपछी एमालेमा प्रवेश गरेका थिए । तर,उनको संगत भने ‘दुध दिंदैमा सर्पले आफ्नो बाटो छोड्दैन’ भनेँझै काँग्रेसका जिल्ला सदस्य यज्ञबहादुर बिष्टका छोरा युवराज बिष्टको संगतमा थिए । उनका पाटर्नर उनै काँग्रेसी युवा युवराज हुन् । तत्कालीन एमालेका केही नेताले युवराजको संगत छोड्न भनेपनि उनले टेरेका थिएनन् । बचपनमा गोली हानेर व्यक्ति हत्या गरी सुधार गृहमा बसेर पनि नसुध्रिएका विक्की अहिले फेरी व्यक्ती हत्याको मुख्य योजनाकारका रुपमा चर्चामा छन् । उनी दोषी हुन् की निर्दोष ? त्यसको फैसला भने सम्मानीत अदालतले गर्ने नै छ ।