काठमाडौं–३ वर्ष देखि यता वैवाहिक सम्बन्धमा रहेका अभिनेत्री शिल्पा पोखरेल (ओझा) र नेपाली चलचित्र नगरीमा बाघ निर्माताको स्थान लिएका निर्माता छबिराज ओझा बिचको वैवाहिक सम्बन्धको अन्तत ः अन्त्य हुने भएको छ ।
अभिनेत्री रेखा थापासँगको वैवाहिक सम्बन्धको धेरै समयको बिश्राम पछि छबिले शिल्पालाई सुटुक्क दुलहीका रुपमा गृह प्रवेश गरएका थिए । वैवाहिक सम्बन्ध जसो तसो चलैकै थियो । दुवैको सहकार्यमा काम पनि भई रहेकै थियो । शिल्पाले छबिराज व्याणर देखि अन्य व्याणरमा काम गरे पनि प्राय ः छबिराज व्याणरबाट बन्ने चलचित्रहरुमा उनको अनुहार देख्न सकिन्थ्यो ।
वैवाहिक सम्बन्धमा कहिले काहि खटपट हुनु स्वाभाविक नै हो । भनिन्छ नि “बुडा बुडीको झगडा परालको आगो ” भनेर, तर पनि यो केहि हातल सम्म त ठिकै देखिएता पनि ज्यानै लिने सम्म पुग्छ भने, मर्ने बेला खुट्टा जस्ले पनि तन्काउ छ । शिल्पाले पनि ठिकै गरेको देखिन्छ । तर धेरै नै ढिला गरेकी हुन कि भन्ने खडा प्रश्न उठ्छ , उनका सर्मथकहरु बाट ।
गएको केहि दिन अघि मात्र छबिराज बिरुद्ध शिल्पाले घरेलु हिंसा भएको भन्दै महानगरीय प्रहरी परिसर , टेकु काठमाडौंमा उजुरी दिएकी थिईन् । तर छबिराजले झगडा कुनै ठूलो नभएको, घर झगडालाई ठूलो रुप बनाईएको भन्दै टिप्पनी गरेका थिए ।
चलचित्र लज्जा मा भित्राए देखि फक्रीएको उनीहरुको सम्बनध यति छिट्टै किन च्यातिदै ? भन्ने प्रश्न देखि लिएर, “चोक्टा खान गाकि बुडी झोलामा डुबेर मरी” जस्ता आलोचनात्मक कुरा हरु यती बेला फिल्मबृतमा चलिरहेको छ ।
महानगरीय प्रहरी परिसरमा उजुरी परे पछि घटनाको वास्तविकता बुझ्न लाई दुबै पक्षलाई बेलाइ थियो र सबै बुझ्दा घरयासि झै झगडा भएको देखिए पछि अब झगडा नगर्ने सहमतिमा दुबै पक्षको सहमतिमा यो कुरालाई अन्त्य गरिएको थियो तर पनि पछिल्लो समयमा अभिनेत्री शिल्पा पुनः मियिडामा आएकी छिन् । उनि भन्छिन् “म माथि अन्याय भएकै हो, मैले उजुरी पनि दिएकै हो तर अन्तिममा ज्यानै नरहने कुराहरु आउदा म आफ्नो सुरक्षा को लागी प्रहरीकोमा जान बाध्य भएकी हुँ , मलाई कुनै रहर थिएन, उहाँ विरुद्ध जानलाई । मैले उहाँलाई माया नगर्ने भए किन ३ वर्ष देखि उहाँले गरेको हिंसा सहदै आउथेँ ” मेलै उहाँले गर्नु भएको शंका उपशंका लाई लिएर किन पिजडामा थुनिएको सुगा जस्तै बस्नु पथ्र्यो ।
यता छबिराज भने कुनै किसिमको आफुबाट हिंसा नभएको र कुनै पनि हालतमा सम्बन्ध को अन्त्य नहुने बताउ छन् । अरुले यसकुरालाई उचालेर ठुलो बनाउन खोजेको तर यो कुरा सामान्य रहेको उनले बताएका छन् ।
प्रहरीमा उजुरी दिई सके पछि सहमति त भयो तर त्यस पछि शिल्पा छबिले आफुलाई नम्र व्यवहार ले बोलाउने आशामा रहेको बताउछिन् । उनि रुदै भन्छिन्, “माया लाग्यो ,फेसबुक खोलेर फोटो हेरु भन्दा फेसबुकमा ब्लक समेत गर्न भ्याइसक्नु भएछ ”। अब अति नै भएको हुदाँ आफु अब छबिसँगको सम्बन्धमा नरहने ,उनले बताएकि छिन् ।