बढी शुल्क लिने क्याम्पसप्रति अनेरास्ववियुको एक्सन

काठमाडौं । एसइईको ‘रिजल्ट’पछि अहिले विभिन्न क्यापसमा भर्ना शुरु भएको छ । निजी क्याम्पसले भर्नाको बेला विभिन्न शीर्षकमा विद्यार्थीसँग सरकारले ताकेको भन्दा बढी शुल्क लिइरहेका छन् ।

सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को भातृ संगठन अनेरास्ववियुले सरकारले तोकेको भन्दा बढी शुल्क लिने क्याम्पस तथा उच्च माविलाई कारबाही गर्ने चेतावनी दिएको छ अनेरास्ववियुले बिहीबार पत्रकार सम्मेलन गरी निजी क्याम्पस तथा उच्च माविलाई सरकारले निर्धारण गरे भन्दा बढी शुल्क नलिन आग्रह गर्दै यदि बढी रकम दिएको पाइए कारबाही गर्ने बताएको हो ।

अनेरास्ववियुले प्रवीणता प्रमाणपत्र तह हटाउँदा त्रिभुवन विश्व विद्यालय र विद्यार्थी संगठनबीच भएको संझौता कार्यान्वयनको लागि दबाब मुलुक कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

अनेरास्ववियुले शैक्षिक स्तर सुधारको लागि शिक्षामन्त्रीलाई यसअघि बुझाएको ज्ञापनपत्र कार्यान्वयन गर्नको लागि ध्यानाकर्षण समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस