लगातारको बर्षाका कारण धनकुटाको जनजीवन प्रभावित

धनकुटा, २८ असार । लगातारको बर्षाका कारण धनकुटाको जनजीवन प्रभावित बनेको छ । केहि दिनदेखि भइरहेको लगातार बर्षाका कारण जिल्लाका अधिकांश स्थान पहिरोको जोखिममा परेको छ।

धनकुटामा घरहरु जोखिममा परेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक सुदर्शनप्रसाद कोईरालाले जानकारी दिनु दिएका छन् । वर्षाका कारण कोशी राजमार्ग संचालन भईरहे पनि ग्रामिण सडक भने संचालन हुन नसकेको प्रमुख जिल्ला अधिकारी सिताराम कार्किले जानकारी दिएका हुन ।अहिले सम्म घरहरु पूर्ण क्षेती नभएका र तत्काल राहत वितरण गर्नु पर्ने अवस्था धनकुटामा नरहेको प्रमूख जिल्ला अधिकारी कार्किको भनाई छ । तर लगातार बर्षा भईरहेकाले उद्धार र राहतको कामका लागि भने पूर्व तयारी रहेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस