मेयर द्धारिकलाल चौधरीले भत्काए अाफ्नो घरको पर्खाल

इटहरी / इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आफ्नाे घरको पर्खाल भत्काएका छन । पछिल्लो समय मेयर चाैधरीकाे घरको वाल बाटोमा परेकाे भन्दै बिराेध भइरहेकाे थियाे । मेयर चाैधरी सार्वजनिक जग्गा खालि गर्ने अभियानमा लागेका छन् । यस्ताे अभियानमा लागेका मेयरकाे घरनै सार्वजनिक जग्गामा परेकाले त्यहाँ बाट भत्काउन सुरूगर्नु पर्छ भन्ने आवाज उठिरहेका बेला चौधरीले डाेजर लगाएर आफ्नै घरको पर्खाल भत्काएका हुन । इटहरी १७ को घरको पर्खाल उनले भत्काएका छन् । सडकमा पर्खाल परेको कारण आफ्नै घरबाट भत्काउन  सुरु गरेको मेयर चौधरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस