नेकपामा प्रवेश गरेको केही घण्टा नबित्दै गुण्डा नाईके भनिने दीपक मनाङ्गेलाई लाग्यो यस्तो झड्का

काठमाडौं   राजीव गुरूङ अर्थात् दीपक मनाङ्गे नेकपा प्रवेश गरेपछि पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आपत्ति जनाएका छन् । मनाङ्गे बिहीबारमात्रै नेकपा प्रवेश गरेका थिए ।

गण्डकी प्रदेशसभाका सदस्य रहेका मनाङ्गेले केही समयअघि अदालतबाट सफाइ पाएका थिए । ’राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ल्यायौँ रु कस्ता कस्ता ल्याउँदै छौँ रु परिणाम के भैरहेको छ ? राम्ररी विचार गरौ है !’ रसिया भ्रमणमा रहेका भट्टराईले माइक्रो ब्लगिङ साइट ट्विटरमा लेखेका छन् ।

मनाङ्गे मनाङबाट स्वतन्त्र सांसदका रूपमा प्रदेशसभाका निर्वा्चित भएका थिए । उनलाई तत्कालीन नेकपाको सहयोग थियो ।

Yogesh bhattarai
@yogesbhattarai
राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ? कस्ता कस्ता ल्यायौ? कस्ता कस्ता ल्याउंदै छौ ? परिणाम् के भैरहेको छ ? राम्ररी बिचार गरौ है !

प्रतिक्रिया दिनुहोस