काठमाडौं । राष्ट्रिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठकमा विनियोजन विद्येयक २०७६ को विभिन्न शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । बैठक विहान ११ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या, रक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्यन, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालय सम्बन्धी विनियोजन विद्येयक शीर्षकमाथि छलफल हुनेछ ।