३ दिने अपांगता सचेतना तालिम सम्पन्न

दाङ , दंगिशरण गाउँपालिका २ नम्बर वडा कार्यालय गाेल्टाकुरी दाङकाे अायाेजना तथा दंगिशरण गाउँपालिका गाउँकार्यपालिकाकाे कार्यालय हेकुली दाङकाे सहयाेगमा वडा नं.२ काे गाेल्टाकुरीमा सञ्चालन भएको ३ दिने अपांगता सचेतना तालिमकाे अाज एक कार्यक्रमका विच समापन गरिएको छ ।

दंगिशरण गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष तुलसीराम देवकोटाकाे प्रमुख अातिथ्यता तथा अपांगता सञ्जालका सदस्य नाेखिराम खत्रीकाे शभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बाेल्दै प्रमुख अतिथि देवकोटाले अपांगता भएका व्यक्तिहरुकाे अन्य व्यक्तिहरु सरह समान सहभागीता र राज्यका हरेक निकायमा पहुँच स्थापनाका लागि वडा नं.२ काे जनप्रतिनिधिका हैसियतले अाफु सदैव सकारात्मक रुपमा अगाडि बढिरहेकाे कुरामा जाेड दिए । साथै उनले अपांगता अधिकार एेनले नै अपांगता भएका व्यक्तिहरुकाे वर्गिकरणमा विभेद गरेकाे गुनासो पनि व्यक्त गरे । उनले अपांगता भएका व्यक्तिकाे स्वास्थ्य ,शिक्षा र अायअार्जनमा पहुँच पुर्‍याई जीविकोपार्जनमा टेवा पुर्याउने खालका याेजना सहितकाे सल्लाह ससझाव अपांगता सञ्जाल र अपांगता अभियन्ताहरुले दिएमा अाफुहरु त्यस्ता किसिमका याेजना बनाउन समेत पछि नहट्ने कुरामा जाेड दिए ।

उक्त तालिममा प्रशिक्षक देवा डँगीले अपांगताका विभिन्न विषयवस्तु हरुका अतिरिक्त सशक्तीकरणका विषय तथा अपांगता सञ्जाल र समन्वय समिति एवम् संघसंस्थाहरुले याेजना तर्जुमा गर्दा कसरी अपांगताकाे वर्गका विषयमा वकालत गर्नसकिन्छ भन्ने बारेमा प्रशिक्षण गरेकी थिईन् ।

उक्त तालिमकाे बन्दसत्रमा प्रशिक्षक देवा डाँगी, नाेखिराम खत्री लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । ४० जनाकाे सहभागीता रहेकाे तालिमको समापन कार्यक्रमकाे सहजिकरण देविराम कुसारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस