प्रकाश दाहाल साहसिक सगरमाथा सम्मानबाट कोरियन नागरिकसहित ५ जना सम्मानित

काठमाडौं : प्रकाश दाहाल साहसिक सगरमाथा आरोहण सम्मान २०७६ बाट पाँचजना सम्मानित भएक छन्। मंगलबार राष्ट्रिय सभामा भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्ना छोरा प्रकाशको नाममा स्थापित उक्त सम्मानबाट पाँचजनालाई सम्मानित गरे।

प्रकाश दाहाल प्रतिष्ठानका तर्फबाट प्रचण्डले उनीहरूलाई सम्मान गरेका हुन्। सम्मानित हुनेमा दक्षिण कोरियाका नागरिक आमहोम गिल, ज्ञानेन्द्रकुमार श्रेष्ठ, माया शेर्पा, आङसार्की शेर्पा र छिरिङ छुन्दो शेर्पा छन्।

गिल लामो सयमदेखि हिमाल आरोहण संलग्न छन्। उनले विश्वका १४ ओटा अग्ला हिमाल चढेका छन् भने पर्वतारोहण सम्बन्धी स्कुल पनि चलाउँछन्। यस्तै श्रेष्ठ सरकारका शाखा अधिकृत हुन् र उनी सगरमाथा बेस क्याम्पमा आरोहीका कठिनाइ व्यवस्थानपको काम गर्छन्। माया शेर्पा पनि आरोही हुन् र उनले ८ हजारमाथिका ५ हिमाल आरोहण गरेकी छन्।

आङसार्की शेर्पा हिमाल आरोहीहरूका लागि बाटो निर्माणका काम गर्छन्। छिरिङ छुन्दो दाहाल पुत्र प्रकाश हिमाल चढ्दा उक्त टोलीका प्रमुख हुन्।

प्रतिक्रिया दिनुहोस