काभ्रेमा मिनिट्रक दुर्घटना हुँदा एकको मृत्यु अन्य दुईजना घाइते

 

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका-१० पाल्लेखेतस्थित वीपी राजमार्गमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। रापेछापबाट काठमाडौं भइरहेको बा ५ ख ३६८५ नम्बरको मिनिट्रक धुलिखेल-१० स्थित पल्लेखेतमा दुर्घटना हुँदा एकको मृत्यु र दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकृत एवं प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए।

सोमबार राति करीब ११ बजे भएको दुर्घटनामा परी दोलखा घर भएकी ४० वर्षीय जुनमाया तामाङको मृत्यु भएको डीएसपी गिरीले जानकारी दिए। मिनिट्रक सडकबाट करीब ४० मिटर तल खसेको थियो। दुर्घटनालगतै काभ्रेभञ्याङ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट गएको टोलिले उद्धार गरी तीनजना घाइतेलाई धुलिखेल अस्पताल लगियो थियो।

उपचारका क्रममा जुनमाया तामाङको धुलिखेल अस्पतालमा  मृत्यु भएको र अन्य दुईजना मन्थली नगरपालिका १३ का राजन कार्की र चालक सुमन लामा घाइते भएको डीएसपी गिरीले जानकारी दिए। घाइतेमध्ये राजन कार्कीलाई नर्भिक अस्पताल काठमाडौ रिफर गरिएको छ भने चालक सुमन लामाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस