काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले असार २२ गते नेपाल बन्द आह्वान गरेको छ । अहिलेको समय देशमा बढेको महँगी, भ्रष्टाचार र चर्म वेथिती तथा अनाबश्यक रुपमा दोहोर भिडन्तको हल्ला पिटेर फासीवाद सरकारले निर्दोष ब्यक्तिहरुको दिनप्रतिदिन हत्याका घटनाहरु बढाएको भन्दै उक्त पार्टीको मध्य कमाण्डले एक बिज्ञप्ती जारी गर्दै असार २२ गते नेपाल बन्द घोषणा भएको जानकारी गराएको हो
नेकपाका पश्चिम केन्द्रीय कमान्ड इन्चार्ज प्रवलले शुक्रबार विज्ञप्ति जारि गर्दै हाल जेल र हिरासतमा रहेका पार्टी कार्यकर्ता रिहाइको माग गर्दै बन्द आह्वान गरेका हुन् ।
साथै उक्त बिज्ञप्तिमा अगाडी भनिएको छ सासीवादी सरकारले कानुनलाई आफ्नो मुठीमा लिएर दमनकारी, फासीवाद ,चरित्रहीन व्यबहार गरीरहेको तथा वर्तमान सरकारले नेपाली जनता र देशप्रति कुनै पनि किसिमको उत्तरदायी काम गर्न नसकेको तथा उल्टा सरकारले राष्ट्रका उधोगधन्दा लीलाम गरी सरकारी जग्गा बेचबिखन गर्ने ठुला – ठुला आपराधिक घटना लुकाउने नेपाली जनतालाई छलपकड गरी सरकारले देश र जनाताका हितका लागी अहिलेसम्म कुनै पनि कार्य गर्न नसकेको बिज्ञप्तिमा भनिएको छ ।
बन्दमा उद्योग, यातायात, कलकारखाना, शिक्षण संस्था बन्द गर्न आग्रह गर्दै दिउँसो सञ्चालन गरे साँझ कारवाही गर्ने चेतावनी समेत दिइएको छ । विज्ञप्तिमा सरकारले जनतालाई युद्धको भारी बोकाउने चलखेल गरेको समेत आरोप लगाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अब विप्लव समूह वार्तामा नआए सरकारले कानुन कारवाही गर्ने बताएपछि विद्रोही नेकपा थप आक्रोशित भएको हो । सरकारका प्रवक्ता गोकुल बास्कोटाले विप्लव नेकपालाई फाँसीबादी, प्रतिक्रियावादी भएको आरोप लगाएका थिए ।
बिज्ञप्ति