आफूहरूमाथि दमन नरोके शक्तिशाली प्रतिरोध गर्ने चेतावनी : विप्लव नेकपा

 

काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले आफूहरूमाथि दमन नरोके शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएको छ।

सोमबार संखुवासभा जिल्लाको सिलिचुङमा भएको प्रहरी दमनको विरोधमा साँझ विज्ञप्ति जारी गर्दै विप्लव समूहले यस्तो चेतावनी दिएको हो।

‘अविलम्ब दमन नरोके नेकपाले शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएको छ। त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार केपी-बादल सरकारले हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।

पार्टीको शान्तिपूर्ण गतिविधिमा प्रहरीले हस्तक्षेप गरेको समेत सो पार्टीले आरोप लगाएको छ।

पार्टीप्रति सरकारले गरेको व्यवहारको पनि भर्त्सना गरेको पार्टी प्रवक्ता प्रकाण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस