धनगढी– बैतडीमा बालुवा निकाल्ने क्रममा पुरिएर एक महिलाको मृत्यु भएको छ।
सोमबार बैतडीको सिगास गाउँपालिका–९ स्थित बालुवाखानीमा पुरिएर वित्थडचिर गाउँपालिका–५ की अन्दाजी ४० वर्षीया साखुरीदेवी महरको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा सोही गाउँपालिकाका अन्य ४ जना मजदुर घाइते भएका छन्।
वित्थडचिर–५ मा बन्दै गरेको स्वास्थ्य चौकीका लागि बालुवा लिन उनीहरु छिमेकी सिगास गाउँपालिका पुगेका थिए।